सर्तसहित नेपालको सहरी क्षेत्रको विकासमा लगानी गर्न चीन सकारात्मक 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2017 | 12:09:08 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको सहरी क्षेत्रको विकासमा लगानी गर्न चीन सकारात्मक देखिएको छ। आइतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा नेपाल भ्रमणमा रहेको ४१ सदस्यीय अन्तराष्ट्रिय प्लेट फर्मको  प्रतिनिधि मण्डलले यस्तो आश्वासन दिएका हुन। 

चीनले अघि सारेको वान वेल्ट वान रोड परियोजना अन्तर्गतको ओबिओआरका प्रतिनिधिले नेपालको विकास र सम्वृद्धिका लागि वान बेल्ट वान रोड परियोजना धेरै महत्वपूर्ण रहेको बताउँदै यसमा ओबिओआरको अन्तराष्ट्रिय प्लेटफर्मको पहलप्रति हार्दिक सरहना गरे। 

सो अवसरमा प्रतिनिधि मण्डलले दक्षिण एशियाली मुलुकहरुमध्ये नेपाललाई चीनले धेरै महत्व दिएको बताउँदै नेपालको पूर्वाधार निर्माण, उर्जा, कृषि, पर्यटनलगायतका क्षेत्रमा सघाउन आफूहरु इच्छुक रहेको बताएको थियो । एक चीन नीतिमा रहेर मात्रै चीनले नेपालको सहरी क्षेत्रको विकासमा लगानी गर्न इच्छुक देखिएको हो।  

 


 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved