पशु पालनमा किसानको आकर्षण बढ्यो, दोलखामा मात्रै पशुको बिमाबाट ८ करोड राजश्व संकलन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2017 | 04:28:11 AM मा प्रकाशित

laxmi  sunrise bank

पशुको बिमाबाट दोलखा जिल्लामा हालसम्म आठ करोड ९२ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र करिब चार हजार पशुको बिमा गरिएको छ ।

पशु पालनमा किसानको आकर्षण बढ्दै गएको र माघ महिनामा मात्रै तीन सय ८१ पशुको बिमा गरिएको छ । जसको बिमित रकम रु एक करोड १५ लाख ३९ हजार पुगेको छ । पशु बिमा ऐन, २०६८ आएपछि दोलखामा २०७१ सालबाट पशु बिमा सेवा सुरु भएको थियो ।

आफ्नो हेलचेक्र्याइँ बाहेकका कुनै कारण आफूले पालेका पशुको मृत्यु भए ९० प्रतिशत क्षतिपूर्ति बिमा कम्पनीले प्रदान गर्ने भएपछि पशु बिमातर्फ किसानको आकर्षण बढेको कार्यालयका प्राविधिक कमल पराजुलीले जानकारी दिए। जिल्लामा सरकारी इजाजत प्राप्त प्रिमियर इन्सुरेन्स कम्पनीले पशु बिमा गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved