बैंक जनतामा जानु पर्छ भन्ने मान्यता सहित मुक्तिनाथ विकास बैंकले थप्यो चार नयाँ शाखा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 11, 2017 | 01:16:36 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले ४ स्थानमा नयाँ शाखा संचालनमा ल्याएको छ। बिरगञ्ज, नवलपरासीको भुमही, ओखलढुंगाको सिद्धिचरण र रामपुरमा नयाँ शाखा संचालनमा ल्याएसंगै बैंकको शाखा संख्या ५५ पुगेको छ।

नवलपरासीस्थित भुमही शाखाको उद्घाटन नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भीम बहादुर थापा क्षेत्रीले गरे भने वीरगंज शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले गरे। 

त्यस्तै ओखलढुङ्गाको सिद्धिचरण शाखा र रामपुर शाखाको उद्घाटन प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले गरे। राष्ट्रिय स्तरको विकासको रुपमा संचालनमा रहेको मुक्तिनाथ विकास बैंकले कृषि क्षेत्रको विकास र विस्तारमा आफ्नो लगानी केन्द्रित गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बताए। बैंकले जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ भन्ने मान्यता अनुसार सेवा विस्तार गरिरहेको पनि उनले जानकारी दिए।

१ लाख भन्दा बढी लघुवित्त सदस्यहरु सहित हाल बैंकका कुल ३ लाख भन्दा बढी सेवाग्राही रहेका छन् । बैँकले यस अवधिसम्म १५ अर्ब निक्षेप संकलन गरी १३ अर्ब ५ करोड कर्जा प्रवाह गरेको छ । साथै बैंकको शाखा संख्या ५५ पुगेको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved