सिटिसी मललाई मुलुककै ठूलो ‘मोबाइल बजार’का रुपमा विकास गरिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2017 | 05:59:10 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको सुन्धारास्थित अवस्थित सिटिसी मललाई  मुलुककै ठूलो ‘मोबाइल बजार’का रुपमा विकास गरिने भएको छ। मंगल्बार एक बिशेष कार्यक्रम गरि मलमा 'मोबाइल बजार' गर्न लागिएको जानकारी गराइएको हो।

सिटिसी मोबाइल बजार ब्यवसायी समूहका अध्यक्ष जीवन सुन्दर बन्जाराका अनुसार मोबाइलसम्वन्धी सबै समस्यालाई ध्यानमा राखेर सुविधासम्पन्न मोबाइल बजार सुरु गर्न लागिएको हो।
 
 हाल मलमा सामसुङ, हुवावे, जिओनी, एमआई, लाभा, माइक्रोम्याक्स, केन्ट, टचकन लगायत २ दर्जन भन्दाबढी सर्भिस सेन्टर छन्। सिटिसी मलमा अब विश्वका सबै ब्राण्डका मोबाइल, तथा मोबाइलका लागि चाहिने सबै किसिमका एसेसरिजहरु सुपथ मुल्यमा उपलब्ध गराइने बन्जाराले बताए। 
 
हाल मलको चौथो तल्लामा मोबाईलका सोरुम तथा पसलहरु र पाँचौ तल्लामासर्भिस सेन्टरहरु रहेका छन्। विश्वका सबै प्रतिष्ठित मोबाइल कम्पनीका सर्भिस तथा बिक्रि वितरकका लागि बैकल्पिक केन्द्रका रुपमा मललाई विकास गरिने व्यवस्थापन समूहले जनाएको छ। 
 
पछिल्लो समय सपिङ्ग मलहरुको संख्या बढ्दै गएकोमा यो मललाई मोबाइल बजारका रुपमा चिनाउन र जुनसुकै ब्राण्डका प्रयोगकर्ताको सहजताका लागि मोबाइल बजार सञ्चालनमा ल्याउन लागिएको बन्जाराले बताए।
 
छिटफुट रुपमा रहेका मोबाइल बजारको विकल्पको रुपमा सिटिसी मोबाइल बजार सञ्चालनमा ल्याउन लागिएको उनले बताए। सबै कम्पनीले विक्री गर्ने मोबाइल सर्भिसका लागि विभिन्न तालिमहरु समेत दिने योजना राखिएको बन्जाराले जानकारी दिए।  
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved