लमजुङमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम शुरु, कृषकलाई ३ दिने तालिम

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 13, 2017 | 09:23:17 AM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रम सुरु गरिएको छ। कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन यो कार्यक्रम लागू गरिएको जनाइएको छ।  


यस कार्यक्रम अन्तर्गत अलैची ब्लक क्षेत्रका अलैची कृषकलाई ३ दिने तालिम प्रदान गरिएको छ । लमजुङको अलैँची ब्लक अन्तर्गत घेर्मू, भुलभुले र बाँझखेतका २५ जना अलैँची कृषकहरु सहभागी थिए। 


यस कार्यक्रमका लागि अहिले उत्पादन गरिरहेका कृषकलाई उत्पादन वृद्धिका हिसाबले र नयाँ कृषकलाई १ सय हेक्टर क्षेत्रफलमा उत्पादन गर्नुपर्ने मापदण्डका आधारमा सहगोग गरिने जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए।


जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ कृषि विकास अधिकृत अधिकारिका अनुसार लमजुङमा ब्लक क्षेत्र बाहेक अलैंची, धान, मकै र मौरी लगायत २० वटा पकेट क्षेत्र छनोट गरिएको छ ।


त्यस्तै अलैंची ब्लक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष अजय तामाङले दिएको जानकारी अनुसार यस आर्थिक बर्षको लागि २ करोड ८ लाख रुपैया अलैँची ब्लक क्षेत्रको लागि छुट्टाइएको छ। उनका अनुसार यसवर्ष सिंचाइका लागि ५ लाख रुपैया बराबरको पाइप, २० लाख बराबरको ३ गाविसका अलैची कृषकलाई अलैची भट्टी प्रदान गरीने भएको छ भने ६ लाख बराबरको अलैँचीको बेर्ना बितरण गरिने भएको छ ।


यस परियोजनाका लागि सरकारले पाँच अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरेको छ । १० वर्षमा एक खर्ब ४४ अर्ब रुपैयाँ यो परियोजनाअन्तर्गत खर्च गर्ने सरकारको लक्ष्य छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved