प्रतिबन्धित भारु छ ? छ भने बैंक खाता खोलि हाल्नुस, नत्र साटिने छैन तपाईको पैसा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Apr 16, 2017 | 04:26:19 PM मा प्रकाशित

laxmi  sunrise bank

के तपाईसंग प्रतिबन्धित भारु पाँच सय र हजार दरका नोट छ ? यदि छ भने तुरुन्तै बैंक खाता खोलि हाल्नुस । नेपाल राष्ट्र बैंकले भारतीय केन्द्रीय बैंकसंगको छलफलपछि प्रतिबन्धित भारु सटहीको तयारी गरिरहेको छ । जस अन्तर्गत पहिलो चरणमा बैंकले सर्बसाधारण संग रहेको ४५ सय रुपियाँ बराबर भारु सटही गर्न लागेको हो 

नेपाल राष्ट्र बैंकले यस बारे केहि दिन मै औपचारिक सूचना जारि गर्ने तयारी गरेको छ । बैंक खाता भएका सर्बसाधारणको मात्र भारु साटिने छ  स्रोतका अनुसार राष्ट्र बैंकले बैंक खाता भएकाहरुको भारु मात्र साट्ने छ 

राष्ट्र बैंकले सूचना निकालेपछि खोलिएका बैंक खाता देखाएर भारु साट्न पाइने छैन । 

भारु सटहीका बिषयमा पटक पटक विभिन्न स्तरमा भएका छलफलपछि भारतले ४५ सय भारु साट्न सहमति जनाएको हो । नेपालले प्रतिव्यक्ति २५ हजार साट्न आग्रह गरेको भएपनि भारतले त्यसलाई अस्विकार गर्दै आएको थियो । भारतले नामानेपछि पहिलो चरणमा ४५ सयसम्म साट्ने र २५ हजारको पहल जारी राख्ने राष्ट बैंकको तयारी छ 

भारत सरकारले गत कात्तिक २४ गते (नोभेम्बर ९, २०१६) देखि भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved