फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय, ४ बर्षमा निर्माण सक्न २ अलग समिति गठन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 04, 2017 | 07:35:03 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो।

सेनाको व्यस्थापनमा नेपालकै पैसामा सरकारले नै निर्माण गर्ने निर्णय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिएका छन। 

बैठकले ४ बर्षमा निर्माण सक्ने गरि फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो। बैठकले प्रधानसेनापतिले तोकेको जर्नेलको संयोजकत्वमा निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ। यस समितिमा सेनाको युद्धकार्य निर्देशनालय र इञ्जिनियरिङ महाशाखाको प्रमुख भौतिक पूर्वाधार, अर्थ र रक्षा मन्त्रालयका सहसचिव सदस्य रहनेछन् ।

त्यस्तै बैठकले अनुगमन समिति समेत बनाएको छ। योजना आयोगका उपाध्यक्षको नेतृत्व रहने यस समितिमा आयोगको भौतिक पूर्वाधार हेर्ने सदस्य, भौतिक पूर्वाधारका रक्षा र अर्थ सचिव सदस्य रहनेछन् । यस समतिले फास्ट ट्रयाक निर्माणको प्रगति विवरण मासिक रुपमा प्रधानमन्त्री र सरकारलाई जानकारी गराउनेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved