यी ५ 'मेगा प्रोजेक्ट' जसबाट चीनले बिश्वभर कब्जा जमाउन खोजिरहेको छ, नेपाल पनि सुचिमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 22, 2017 | 01:25:20 PM मा प्रकाशित

laxmi  sunrise bank

छिमेकि मुलुक चीन बिश्व कै दोस्रो ठुलो अर्थतन्त्र भएको देश हो । वल्ड इकोनोमिक फोरमको पछिल्लो तथ्यांक अनुसार बिश्व अर्थतन्त्रमा चीनको १४.८४ प्रतिशत रहेको छ  । चीन भन्दा गाडी रहेको अमेरिकाले २४.३२ प्रतिशत ओगटेको छ  ।  तर बिस्तारै चीनले बिश्व भर आफ्नो आधिपत्य जमाउन थालिसकेको छ  । विभिन्न अध्ययनहरुले सन् २०५० भित्र चीन बिश्व कै ठुलो र शक्तिशाली अर्थतन्त्र बन्ने देखाईसकेको छ  । त्यहाँ सम्म पुग्न चीनले आफ्नो देशमा मात्रै लगानी गरेको छैन, अन्य महादेशमा पनि ठुलो लगानी गरेको छ  । 

यहाँ हामीले चीनको ५ तरिकाको विश्लेषण गरेका छौ, जसबाट चीनले बिश्वभर आधिपत्य जमाउन खोजिरहेको छ  । 

यो धेरै महँगो र खर्चिलो भौतिक संरचनाको योजना हो जसमार्फत चीन विश्वभर आफ्नो प्रभुत्व कायम गर्न चाहन्छ। चीनले बन्दरगाह, सडक र रेलको नेटवर्कका लागि महत्त्वाकांक्षी योजना सुरु गरेको छ। अरबौं डलरको लगानी रहेको यस योजनालाई चीनले 'वन बेल्ट वन रोड' (न्यु सिल्क रोड) को नाम दिएको छ।

नेपालले समेत औपचारिक रुपमा समर्थन जनाएको वन बेल्ट वन रोड मार्फत चीन पुर्व र पश्चिमलाई जोड्न सक्ने दुई हजार बर्ष पुरानो बाटो पुनर्जीवित गर्न चाहन्छ। यसै साता चीनीया राष्ट्रपति शि जिन पिंगले  भनेका छन, 'हामी चाहन्छौं कि बिश्व स्तरको प्रगतीको लागि नयाँ आर्थिक शक्ति निर्माण होस्, बिकासको नयाँ मंच र बिश्वकरणको यस प्रकार पुन सन्तुलित होस् जहाँ हरेक व्यक्तिको पहुँच होस्।'

चीनका राष्ट्रपतिले नयाँ शिल्क रुटको मुख्य उदेश्य एसिया र विश्वका बाँकी देशबीचको सम्बन्ध सुधार गर्नु रहेको बताउदै आएका छन। नयाँ शिल्क रुटको पहिलो 'को अप्रेशन फोरम' गत सोमबार बेइजिंगमा सम्पन्न भएको छ। जसमा रुस र टर्कीका राष्ट्रपति र अर्जेन्टिना र चिलीका नेता सामेल थिए। बिश्व बैकका अध्यक्ष जिम योंग किमले यसलाई 'महत्त्वाकांक्षी र आफ्नो तर्फको पहिलो प्रयास' भनेका थिए।

आधिकारिक तथ्यांक अनुसार यस योजनाका लागि अहिलेसम्म २१० बिलियन अमेरकि डलर अर्थात् २१६ लाख करोड नेपाली रुपैयाँको फंडीगको व्यवस्था भईसकेको छ।

नयाँ सिल्क रोडको फंडीग औपचारिक रुपमा चीनको उदेश्य युरोप, एसिया अफ्रिका र बाँकी क्षेत्रमा आर्थिक एकीकरण गर्नु रहेको देखिन्छ। तर केहि पश्चिमा राष्ट्रहरुले यस योजनामार्फत चीनले आफ्नो प्रभाब बढाउँन खोजेको बताएका छन।

बिशेषज्ञ कैरीका अनुसार मध्य एसिया र पाकिस्तान र श्रीलंकाको बन्दरगाहसम्म तेल र ग्याँसको पाइपलाइनको प्रयोग भविष्यमा सैनिक उदेश्यसंग पनि हुन सक्ने छ।  

यस्ता छन् चीनका ५ महत्त्वाकांक्षी योजना

१. चीन र युरोपको बीचमा तिब्रगतीको मालवाहक गाडी

खर्च: २४२ बिलियन अमेरकि डलर चीन अहिले यस्ता करिब २० रेल लाइन चलाउँछ जो सिधै लन्डन, मेड्रिड र रोटरड्याम जस्ता युरोपीय सहरसंग जोडिएका छन्। चीन र मेड्रिडको बीच एक बर्ष भन्दा बढी समय देखि रेल चलिरहेको छ र यो विश्व कै सबै भन्दा लामो रेल सेवा समेत हो।

अब जिनपिंग सरकार यस नेटवर्कको अनुकुल र तिब्र गतिको बनाउने योजनामा रहेको छ। त्यसो त चीनीया उत्पादनलाई लिएर जाने पारम्परिक तरिकाको तुलनामा यो केहि महँगो हुने आंकलन गरिएको छ।

चीनको योजनामा बेइजिंगबाट मस्कोको बीच ७ हजार किलोमिटरको दुरी ३० घण्टामा पुरा गर्न सक्ने तिब्रगती (हाइस्पिड) रेल चलाउने रहेको छ। रुसी सरकारको नियन्त्रणवाला रुसी रेलवे कम्पनीका अनुसार यसको पहिलो चरण २०२५ सम्म पुरा हुने छ। कैरी ग्रेसका अनुसार यस मार्फत चीन आफुलाई एक ग्लोबल ब्यापारिक शक्तिको रुपमा स्थापित गर्न चाहन्छ।

२. एसियामा रेल नेटवर्क

यसका दुई भाग छन् दक्षिण-पूर्वी एसियामा खर्च: ७ बिलियन अमेरिकी डलर (मात्र कुन्मिंग र विएंटिएनको बीच रेलका लागि)। 

चीनको योजना यो छ कि उ आफ्नो दक्षिणी शहर कुनमिंगको लाओसको बिएन्शिएन र बर्माको रेलको संजाल जोडीयोस। यदि चीनले यो काम गर्न सक्यो र थाइल्याण्ड, कम्बोडिया या भियतनाममा योजना बनाइए अनुसारको दोस्रो योजना सुरु गर्न सक्यो भने उ दक्षिण पुर्व एशियाको अलग अलग क्षेत्रमा आफ्नो संजाल फैलाउन सफल हुने छ।

इन्डोनेसियामा तिब्रगतिको रेल


 खर्च: ५।९ बिलियन अमेरिकी डलर चीन जाकार्ताबाट बांनडुगको बीच इन्डोनेसियाको पहिलो तिब्रगतिको रेलवे लाइन बनाउने क्रममा रहेको छ। जबकी कयौं जापानी कम्पनी पनि यो योजनामा सफलता पाउने प्रयासमा थिए तर इन्डोनेसिया सरकारले चीनी कम्पनीहरुलाई छनौट गरेको हो।

३. चीन-पाकिस्तान करिडोर

 खर्च: ५५ बिलियन अमेरिकी डलर पाकिस्तानसंगको आफ्नो पुरानो राम्रो सम्बन्धको फाइदा उठाउँदै चीन त्यहाँ लगानी बढाउने र अरब सागरको ग्वादर पोर्टको बिकासमा सहयोग गर्ने छ। दुई देश मिलेर चीनको सिलिकन भ्याली भनिने 'शेंजेन' को पाकिस्तानी संस्करण बनाउन चाहान्छ।


यस योजनाबाट चीनलाई आफ्नो उत्पादनको निर्यातका लागि एक सडक संजाल मिल्ने छन् र समुन्द्री डाकु र खराब मौसमवाला मलक्काको खाडीको बाटोबाट छुटकारा मिल्ने छ। यस योजनामा विश्वको सबै भन्दा उच्च काराकोरम सडक बिस्तार समेत सामेल रहेको छ। जसले चीन र पाकिस्तानलाई जोड्ने छ।

४. श्रीलंकामा बन्दरगाहको बिकास

खर्च: १।४ बिलियन अमेरिकी डलर

श्रीलंकामा पनि चीनले बन्दरगाहमा काम गरिरहेको छ। चीनको नयाँ शिल्क रोड  जमिनमा मात्र हुने छैन। शि जिनपिंग समुन्द्री बन्दरगाहको बिकासमा पनि बिचार गरिरहेका छन। श्रीलंकाको राजधानी कोलम्बो उनको प्राथमिकतामा रहेको छ। जबकी श्रीलंकामा सत्ता परिवर्तनबाट योजनामा ठुलो असर परेको छ। यद्दपी पछिल्लो सत्तासंगको सम्बाद पश्चात पुन योजना सुरु गर्ने प्रक्रियामा चीन प्रवेश गरेको छ।



५. मिसन अफ़्रीका

ख़र्च: 13,800 मिलियन अमरीकी डॉलर

  चीनले केन्याको दुई मुख्य शहरहरु नैरोबी र मोम्बासालाई जोड्ने एक रेलको रुट पनि बनाई रहेको छ।   पश्चिमी अफ़्रीकामा बन्दै गरेको यो रेल संजालले केन्याको युगांडा, दक्षिणी सूडान, रवांडा र बुरुंडीको राजधानीलाई जोड्ने छ  । 


 इथियोपियाको राजधानी अदिस अबाबादेखि तटीय देश जिबूतीसम्म एक ट्रेन लिंकिंगको उद्घाटन  भईसकेको छ । समुद्रको यस हिस्सामा चिनियाँ कम्पनीले एक लजिस्टिक्स सेंटर पनि बनाई रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved