जनहितमा जारि:स्वीडेनको १०० र ५०० दरका नोट तुरुन्त साट्न राष्ट्र बैंकको निर्देशन, २८ गतेपछि खोस्टो बन्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 05, 2017 | 09:15:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले जेठ २८ सम्म स्वीडेनको १०० र ५०० दरका नोटहरु साट्न आग्रह गरेको छ। राष्ट्र बैंकले आज एक बिज्ञप्ती जारि गर्दै स्वीडेनको केन्द्रीय बैंक रिक्स बैंकले ३ अक्टुवर २०१६ भन्दा अघि जारी गरेका २००१ सिरिजका स्विडिस क्रोनर १०० र ५०० दरका नोटहरु चलन चल्तीबाट हटाउन निर्देशन दिएकाले आफुसंग भएका यस प्रकारको नोट साट्न नेपाली नागरिकहरुलाइ आग्रह गरेको छ। 

स्विडेनले चलन चल्तीबाट हटाउन निर्देशन दिएको यस प्रकारको नोटहरू राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंबाट साट्न सकिने बैंकले जानकारी गराएको छ । तोकिएको समय भन्दा ढिला गरि साट्न ल्याइएका त्यस प्रकारका नोटहरु पुन साट्न नसकिने नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले दिएको समयअवधी भित्र स्वीडेनको १०० र ५०० दरका नोट तुरुन्त नसाटे जेठ २८ पछि उक्त नोट खोस्टोमा परिणत हुने छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved