रेमिट्यान्स दुई गुणाले घट्दा निक्षेप झनै प्रभावित, कर्जा प्रवाहमा सचेत रहन राष्ट्र बैंकको सुझाब

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 09, 2017 | 09:04:46 AM मा प्रकाशित

laxmi  sunrise bank

मोहम्मद अज्मत अलि/ बिजपाटी 

नेपाल राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाहको सुस्त वृद्धिले निक्षेप वृद्धिलाई समेत प्रभावित बनाएकोमा चिन्ता ब्यक्त गरेको छ। नेपाल राष्ट्र बैंक अनुसन्धान बिभागले चालु आर्थिक वर्ष २०७४ को प्रथम दश महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजकिन गर्दै वित्तीय घर्षण कम गर्नका लागि पनि निक्षेप र कर्जा वृद्धिको अन्तराल कम गर्दै लैजानु पर्ने बताएको छ। 

यस आर्थिक बर्षको बैशाख मसान्तसम्म रेमिट्यान्स (विप्रेषण) आप्रवाह ५ दशमलब २ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। गत आर्थिक बर्षको यस अवधिमा रेमिट्यान्स आप्रवाह १० दशमलब २० प्रतिशतले बढेको थियो। गत आर्थिक बर्षसंगको तुलनामा रेमिट्यान्स आप्रवाह झन्डै दुई गुणाले घटेको छ। 

निक्षेप भन्दा कर्जा प्रवाह करिब दुई गुणाले बढेको अवस्थामा रेमिट्यान्स समेत दुई गुणाले घट्दा राष्ट्र बैंकले चिन्ता ब्यक्त गरेको हो। रेमिट्यान्स आप्रवाहमा कमि आउँदा निक्षेप प्रभावित बनेकाले राष्ट्र बैंकले निक्षेप र कर्जा अन्तराल कम गर्दै लैजान बैंक तथा वित्तीय संस्थालाई सुझाब दिएको छ। 

राष्ट्र बैंकको तथ्यांक अनुसार बैशाख मसान्तसम्म निक्षेप ९ दशमलब ३० प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यहि अवधिमा यस्तो निक्षेप ११.९ प्रतिशतले बढेको थियो ।  

यता बैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा १६.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यस अवधिमा यस्तो कर्जा १६.२ प्रतिशतले बढेको थियो । 

समिक्षा अवधिमा निक्षेप भन्दा कर्जा ७ दशमलब ३० प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाले पहिलो ६ महिनामा ठुलो मात्रामा कर्जा प्रवाह गर्दा त्यसको असर अहिले समग्र वित्तीय प्रणालीमा देखिएको छ। बैंकहरुले बजारमा सिमित रुपमा रहेको निक्षेप तान्ने होडबाजीमा १५ प्रतिशत ब्याजदर दिएका छन। यसले डिपोजिट कर्ता सर्वसाधारणलाई फाइदा देखिने भए पनि अन्तत: सर्वसाधारण नै मारमा परेका छन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved