आयल निगममा बोनस बाँड्ने काम तत्काल स्थगित गर्न पुन: निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 14, 2017 | 03:42:54 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय समितिले नेपाल आयल निगममा बोनस बाँड्ने काम तत्काल स्थगित गर्न निर्देशन दिएको छ । व्यवस्थापिका संसदअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित उपसमितिको बुधबार बसेको बैठकले  निगममा बोस बाँड्ने काम तत्काल स्थगित गर्न सरकार र अर्थ मन्त्रालयलाई पुनः निर्देशन दिएको हो ।  

समितिले यस अघि पनि मन्त्रालयलाई घाटाका गएका सार्वजनिक संस्थानहरुमा बोनस बाँड्न नदिन   निर्देशन दिएको थियो । नेपाल आयल निगमलाई बोनस बाँड्न रोक लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परिक्षकको कार्यालयले पनि सरकारलाई निर्देशन दिईसकेको छ ।

उपसमितिले बोनस ऐन र सार्वजनिक संस्थानहरुमा देखिएको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई निर्देशन दिएको छ । बैठकले नेपाल आयल निगमलाई भण्डारणको कामलाई व्यवस्थित बनाउन पनि निर्देशन दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved