फोहोरबाट मोहोर कमाउँदै स्याङ्जाको वालिङ नगरपालिका

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 23, 2017 | 11:37:28 AM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको वालिङ नगरपालिकाबाट सङ्कलन हुने फोहोर मैला बिक्रीबाट चालु आर्थिक वर्षमा मात्रै झन्डै  सात लाख आम्दानी भएको छ । देशका विभिन्न सहरमा फोहोरले सास्ती पाइरहेका बेला स्याङ्जाको वालिङमा भने फोहोर बिक्रीबाट चालु आवको हालसम्म रु पाँच लाख ५३ हजार आम्दानी भइसकेको छ भने करिब डेढ रु लाख बराबरको फोहोर बिक्री गर्ने तयारीमा रहेको दिदीबहिनी तथा समाज उत्थान संस्थाका अध्यक्ष यामप्रसाद भण्डारीले बताए ।

वालिङ नगरपालिकामा उत्पादन हुने फोहोर मैलाको बिक्रीबाट पहिलो वर्ष तीन लाख ७९ हजार, दोस्रो वर्ष पाँच लाख १० हजार ८०० र तेस्रो वर्ष (चालु आवको हालसम्म)  पाँच लाख ५३ हजारको फोहोर मैला बिक्रीबाट आम्दानी भइसकेको छ ।

फोहोर व्यवस्थापनका लागि वालिङ नगरपालिका र दिदीबहिनी समाज उत्थान संस्थाबीच सार्वजनिक निजी साझेदारीबमोजिम २०७१ साल असोज ३० गते चार वर्षको सम्झौता भई काम सुरु भएको थियो ।

वालिङ नगरपालिकाले नगर क्षेत्रमा सङ्कलन हुने फोहोरको प्रभावकारी व्यवस्थापन गर्दै आएको छ । घरघरबाट उत्पादन हुने फोहोरलाई वर्गीकरण गर्दै सङ्कलन गरेर प्रभावकारी व्यवस्थापन गरिएको छ ।

फोहोर उत्पादन हुनासाथ कुहिने र नकुहिने दुई भागमा वर्गीकरण गरी त्यसलाई प्रशोधन केन्द्रमा लगी प्रशोधन गरेर बिक्री गर्ने गरिएको अध्यक्ष भण्डारीले बताए ।

वालिङ नगरपालिकाले फोहोर मैलाका क्षेत्रका गरेको उदाहरणीय कार्यले वालिङ नगरपालिका पुरस्कृत पनि भएको छ भने देशका विभिन्न सहरबाट फोहोर मैला व्यवस्थापनका बारेमा जान्न बुझ्नका लागिसमेत यहाँ आउने गरेका छन् ।

“फोहोर मैला व्यवस्थापनका क्षेत्रमा वालिङ नगरपालिकाले गरेको यो मोडल देशकै नमुना मोडल हो”, अध्यक्ष भण्डारीले भने, “यसको अवलोकन गर्नका लागि हालसम्म देशका विभिन्न नगरपालिका, शैक्षिक तथा अन्य सङ्घसंस्था गरी ५३ वटा निकायबाट अध्ययन अवलोकन गरेको हामीसँग तथ्याङ्क छ ।”

फोहोर मैलाको व्यवस्थापनका लागि हाल पाँच जनाले प्रत्यक्ष रुपमा रोजगारीसमेत पाएका छन् । वालिङलाई सफा र स्वच्छ सहरका रुपमा विकास गर्नका लागि नगरवासीलाई फोहोर मैला व्यवस्थापनसम्बन्धी तालिमसमेत दिने गरिएको छ ।

“घरबाट उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउन लगाएका छौँ”, अध्यक्ष भण्डारीले भने, “कुहिनेलाई घरमै कम्पोस्ट मल बनाउन सिकाउने र नकुहिनेलाई घरमै पुगेर खरिद गरिदिने व्यवस्था मिलाउने तयारीमा छौँ ।” फोहोर मैला प्रशोधन तथा खरिद बिक्री केन्द्रले भैरहवा तथा बुटवलमा लगेर बिक्री गर्ने गरेको छ । रासस 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved