४ बुंदे माग राखी चितवन मेडिकल कलेजका इन्टर्न डाक्टर आन्दोलनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 04, 2017 | 02:30:09 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवन मेडिकल कलेजका इन्टर्न डाक्टरहरु आन्दोलनमा उत्रिएका छन। चार बुंदे माग राखी तेस्रो ब्याचका इन्टर्न डाक्टरहरुले आइतबारदेखि आन्दोलन थालेको जनाइएको छ। 

बिगत पांच महिनादेखि बिरामी र अस्पतालको काममा आफुहरु समर्पित रहेको र पछिल्लो २ महिनादेखि चार बुँदामा उल्लेख लगायतका मागबारे  प्रशासनलाई जानकारी गराउदा पनि त्यसको सुनुवाई नभएपछि आन्दोलनमा उत्रिएको इन्टर्न डाक्टरहरुको भनाइ छ। 

बिगत अढाई बर्षदेखि इन्टर्नसिपमा काम गर्ने डाक्टरहरुको तलब वृद्धि नगरिएकाले न्युनतम तलब १२ हजार ५ सय कायम गर्नु पर्ने, रात्रीकालिन ड्युटीमा रहेका इन्टर्नहरुलाई न्युनतम आधारभुत सुविधायुक्त ड्युटी रुमको व्यवस्था गर्नु पर्ने लगायतका चार बुंदे माग राखी उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

एमबिबिएस अध्ययनको शुल्क हरेक बर्ष बढाउने तर इन्टर्न डाक्टरहरुले उचित पारिश्रमिक नपाउने गरेको आन्दोलनमा उत्रिएका इन्टर्नहरुको गुनासो रहेको छ। आन्दोलनमा उत्रिएका इन्टर्न डाक्टरहरुले अहिले पारिश्रमिक बापत १० हजार बुझ्दै आएका छन।  काठमान्डू विश्वबिद्यालय  र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजका अधिकांश इन्टर्नहरुले अहिले १२ हजार ५ सय भन्दा माथि पारिश्रमिक पाउने गरेका छन। 

चितवन मेडिकल कलेज प्रशासनले अन्य मागलाई सम्बोधन गर्ने र पारिश्रमिक बढाएर ११ हजार पुर्याउन तयार भएपनि इन्टर्न डाक्टरहरु भने न्युनतम पारिश्रमिक १२ हजार ५ सय हुनै पर्ने माग राखेका छन। 

'हाम्रो मागको बटमलाईन नै पारिश्रमिक १२ हजार ५ सय कायम गर्नु पर्यो भन्ने हो, अस्पताल प्रशासनले मागको सम्बोधन नगरेमा चरणबद्ध आन्दोलनमा जानेछौं' आन्दोलनमा उत्रिएका एक इन्टर्न डाक्टरले बिजपाटीसंगको कुराकानीमा बताए। बिरामीलाई केहि मर्का नपर्ने गरि आफुहरु आन्दोलनमा उत्रिएको उनले बताए।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved