साउन १ देखि लागू हुनेगरी विमा शुल्कमा कटौती

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 06, 2017 | 10:28:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बिमा समितिले साउन १ गतेदेखि लागू हुने गरि निर्जीवन बिमा व्यवसाय गर्दा लाग्ने बिमा शुल्क घटाएको छ। बीमितको हितलाई मध्यनजर गरी हुलदंगा हड्ताल, द्वेशपूर्ण कार्य, आतङ्ककारी तथा विध्वंसात्मक कार्यको बीमाशुल्क दर घटाइएको बिमा समितिले जनाएको छ।    

बिमा समितिका अनुसार भवन बिमातर्फ निजी आवास (आवासीय फ्लाट एवं एपार्टमेण्ट समेत), होटल, बोर्डिङ्ग हाउस, हस्पिटल, पूजा गर्ने स्थल, पुस्तकालय, कला मन्दिर, होस्टल, म्युजियम, नर्सिंग होम, बैंक, क्लब, मेस हाउस, भोलिन्टर हेडक्वाटर, इन्स्टिच्यूट, मेला वा सभाकक्ष (थिएटर एवं सिनेमा प्रदर्शन गर्ने अनुमति प्राप्त) र कार्यालय (सरसामान भण्डार गर्नका लागि कुनै पनि अंश प्रयोग नभएको), एयरपोर्ट टर्मिनल, विद्यालय, महाविद्यालय तथा विश्वविद्यालय भवनको बिमा शुल्क बिमांक रकमको प्रतिहजारमा २६ पैसाबाट घटाएर २० पैसा कायम गरिएको छ।  

वेयर हाउस तथा गोदाम बीमा तर्फको भन्सार नियन्त्रित अथवा भन्सार संरक्षित हाताभित्र रहेको बन्द वेयर हाउस वा गोदाम बिमामा बिमांक रकमको प्रतिहजारमा ४४ पैसाबाट घटाएर ३५ पैसा कायम गरिएको छ।

त्यस्तै भन्सार नियन्त्रित वा भन्सार संरक्षित हाताभित्र रहेको खुल्ला वेयर हाउस वा गोदाम बिमातर्फ बिमांक रकमको प्रतिहजारमा ५२ पैसाबाट घटाएर ४० पैसा कायम गरिएको समितिले जनाएको छ। अन्य स्थानमा रहेको खुल्ला वेयर हाउस वा गोदा बीमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ८० पैसाबाट घटाएर अब ६० पैसा कायम गरिएको जनाइएको छ।

कलकारखाना बिमा तर्फको कल कारखाना/म्यानुफ्याक्चरिङ्ग जोखिम तथा सोको परिसर भित्र रहेको भवन तथा सरसामान बिमामा बिमांक रकमको प्रतिहजार बिमांकमा ५० पैसाबाट ४० पैसा कायम गरिएको छ ।  पसल स्टोर (थोक वा खुद्रा) शो रुम र बजार बीमामा प्रतिहजार बिमांक रकममा १ रुपैयाँ ४ पैसाबाट ८० पैसा कायम गरिएको छ।

मनोरंजन स्थलतर्फको बिमामा चलचित्र भवन, प्रदर्शनी मण्डप, मेला वा मनोरञ्जन गर्ने पार्क, सर्कस बीमा शुल्क दर बिमांक रकमको प्रतिहजारमा ७० पैसाबाट घटाएर ५० पैसा कायम गरिएको छ।

संचार स्थल तर्फको बिमामा रेडियो/टेलिभिजन स्टेशन वा प्रशारण स्थल र दूरसंचार बिमामा बिमांक रकमको प्रतिहजारमा ४४ पैसाबाट घटाएर ३५ पैसा तोकिएको छ। 

यता बिद्युत स्टेशन सम्बन्धीको सार्वजनिक बिद्युत शक्ति स्टेशन, बिद्युत प्रसारण तथा बितरण प्रणाली बिमामा बिमांक रकमको प्रतिहजारमा ४४ पैसाबाट घटाएर ३५ पैसा कायम गरिएको छ । रित्तो वा निर्माणको क्रममा रहेको भवन बिमाको प्रतिहजार बिमांकमा २६ पैसाबाट घटाएर २० पैसा कायम गरिएको छ।

अग्नी बिमाअन्तर्गत हाल कायम रहेको द्धेशपूर्ण कार्यको शुल्क दर बिमांकको १० पैसा प्रतिहजार कायम रहेकोमा सो दरलाई घटाएर बीमाङ्कको ५ पैसा कायम गरिएको छ।

ब्यक्तिगत दुर्घटना बिमालेख अन्तर्गत हाल १० लाख रुपैयाँसम्मको बिमाङ्कमा बिमा शुल्क दर १० पैसा प्रतिहजार र १० लाख रुपैयाँभन्दा बढी बिमाङ्कमा २५ पैसा प्रतिहजार कायम भएकोमा उक्त दरलाई २० लाख रुपैयाँसम्मको बिमाङ्कमा १० पैसा प्रतिहजार र २० लाख रुपैयाँभन्दा बढीको बिमाङ्कमा २५ पैसा प्रतिहजार कायम गरिएको जनाइएको छ।

मोटर बिमा दर सम्बन्धी निर्देशिका, २०७३ मा नेपाल बाहेक निर्देशिकामा उल्लेखित भएका अन्य मूलुकको कानुनी ब्यवस्था नेपालको भन्दा फरक हुने हुंदा बिमकको दायित्व के कति हुने भनी निर्णय गर्न आवश्यक भएको जनाउँदै समितिले मोटर बिमा दर सम्बन्धी निर्देशिका, २०७३ परिच्छेद–६ को बुदा नं.८ मा उल्लेखित बीमालेख अन्तर्गतको कुल दायित्वको सीमा भित्र रही तत् तत् मूलुकको कानुन बमोजिम हुने गरी दायित्व कायम गरिएको जनाएको छ।

गार्हस्थ बिमालेख अन्तर्गत हुलदंगा र हडताल तथा द्घेशपूर्ण कार्य र बिध्वंसात्मक/आतंककारी कार्यको जोखिमको संयुक्त बीमाशुल्क दर बीमाङ्कको २० पैसा प्रतिहजार कायम गरिएको छ।

अग्नी बिमा अन्तर्गत बिमाङ्कको २० पैसा प्रतिहजार बिमाशुल्क दर कायम गरिएको छ भने इन्जिनियरीङ्ग बिमा अन्तर्गत बिमाङ्कको ४० पैसा प्रतिहजार बिमाशुल्क दर कायम गरिएको छ ।

भूकम्प पश्चात गार्हस्थ बिमा गर्नेको संख्यामा ब्यापक रुपमा बृद्धि भएको र बिमा गर्दा लाग्नेशुल्क दर तोक्न आवश्यक भएको जनाउँदै समितिले सो सम्बन्धमा बिमा शुल्क दर बिमाङ्कको १ प्रति हजार कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved