नेपाल विदेशी लगानीका लागि उर्वर भुमि: उपराष्ट्रपति नन्दबहादुर पुन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 08, 2017 | 06:02:32 PM मा प्रकाशित

laxmi  sunrise bank

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको कानुनले विदेशी लगानीको सुरक्षाको प्रत्याभूति गरेकाले नेपाल विदेशी लगानीका लागि उर्वर भूमि रहेको बताएका छन् ।

चीनको गान्सु प्रान्तको राजधानी लान्जाउमा आयोजित ‘२३औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा उपराष्ट्रपति पुनले विकास र सहयोगका लागि उच्चस्तरीय मञ्चमा विशेष सम्बोधन गर्दै नेपाल एक क्षेत्र एक मार्ग (ओबोर) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को संस्थापक सदस्य र सङ्घाइ सहयोग सङ्गठनमा द्विपक्षीय साझेदार भएपछि दुई मुलुकबीचको सम्बन्ध थप सुमधुर भएको बताए ।

उपराष्ट्रपति पुनले नेपाललाई लगानी, आवश्यक प्रविधि, दीर्घकालीन सहयोग तथा अनुभव आदानप्रदानको आवश्यकता रहेको आैंंल्याउँदै त्यसका लागि चीनबाट सहयोगको अपेक्षा गर्नुभएको चीनस्थित नेपाली दूतावासले जनाएको छ ।

उहाँले चीनमा ‘नेपाल पर्यटन प्रवद्र्धन वर्ष २०१७’ का लागि चीनका तर्फबाट भएको घोषणाका लागि चिनियाँ सरकारलाई धन्यवाद दिँदै त्यसलाई उपलब्धिमूलक बनाउन नेपालका सरोकार भएका निकाय प्रतिबद्ध रहेको बताए ।

उपराष्ट्रपति पुन उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनले आयोजना गरेको सो मेलामा सहभागी हुन यही असार २० गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव नारायणगोपाल मलेगो र अन्य अधिकारी तथा परराष्ट्र र वाणिज्य मन्त्रालयका अधिकारीको समेत सहभागिता छ । उपराष्ट्रपति पुन यही असार २६ गते स्वदेश फर्कने कार्यक्रम छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved