भारतमा गाडीहरुको मूल्यमा भारि गिरावट, नेपालमा कस्तो असर पर्ला ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 08, 2017 | 08:20:35 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले बस्तु तथा सेवामा एकीकृत कर (जीएसटि) लागु गरेपछि त्यहाँको बजारमा बस्तु तथा सेवाको मुल्यमा ठुलो हेरफेर भएको छ। भारत नेपालको सबै भन्दा ठुलो व्यापारिक साझेदार भएकाले त्यहाँ बस्तु तथा सेवाको मूल्यमा आएको परिवर्तनले नेपाली बजारमा कस्तो प्रभाब पर्छ भन्ने सबैको चाँसो छ।  

जीएसटि लागु भएसंगै नेपालका लागि विभिन्न मोडलका गाडी बिक्रि गर्ने कम्पनीहरुले आफ्ना मोडलका सवारीसाधनको मूल्य घटाएको घोषणा गरेका छन। साबिकमा कायम बिक्रि तथा अन्य करलाई एकीकृत प्रणालीको जीएसटिले प्रतिस्थापन गरेपछि मूल्य घटाइएको हो। त्यहाँको बजारमा गाडीको मूल्यमा भारि गिरावट आए पश्चात नेपाली बजारमा गाडीहरुको मूल्यमा कति घटबढ होला भन्ने आम सर्वसाधारणको चाँसो छ। 

भारतीय बजारमा गाडीहरुको मुल्य ३ प्रतिशत देखि ९ प्रतिशतसम्म घटाइएको इकोनोमिक टाइम्स र गाडीहरुको बारेमा जानकारी दिने 'देखोकार डटकम' ले जनाएका छन। उनीहरुका अनुसार हुन्डाईले ५.९ प्रतिशत, स्कोडाले ७.४ प्रतिशत, निसान र मारुति सुजुकीले ३ प्रतिशत, टाटाले कार्गो गाडीमा ०.३ देखि ४.२१ र यात्रुवाहकमा ८.२ प्रतिशत, रिनौल्ट ७ प्रतिशत, महिन्द्राले ६ दशमलब ९ प्रतिशतसम्म मुल्य घटाएका छन।


भारतीय बजारमा कारहरुको मुल्यमा भारि गिरावट आएपछि नेपाली अटोबजारमा त्यसको प्रभाब कस्तो पर्ला ?

त्यसो त भारतमा हालै गरिएको जीएसटि त्यहाँको स्थानीय बजारका बस्तु तथा सेवामा मात्र लागु हुने स्पष्ट गरिएको छ। निर्यात हुने बस्तु तथा सेवामा जीएसटि लागु नहुने भारतले यसअघि नै स्पष्ट पारेको छ। 

नेपाली बजारमा गाडी बिक्रि गर्दै आएका विभिन्न कम्पनीका आधिकारिक बिक्रेताहरुका अनुसार जीएसटिका कारण नेपाली बजारमा बिक्रि हुँदै आएका गाडीहरुको मूल्यमा कुनै फरक पर्दैन। कम्पनीहरुले निर्यात मूल्यमा कुनै परिवर्तन नगरेकाले नेपालमा सवारीसाधनको मूल्य नघट्ने उनीहरुको भनाइ छ।              




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved