नागरिक लगानी कोषलाई ७ दिनमा र बिमा संस्थानलाई भदौ भित्र लेखा परीक्षण गर्न महालेखा परीक्षकको निर्देशन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 11, 2017 | 01:53:49 PM मा प्रकाशित

laxmi  sunrise bank

महालेखा परीक्षकको कार्यालयले नागरिक लगानी कोषलाई ७ दिन भित्र लेखापरीक्षण गर्न निर्देशन दिएको छ । आज महालेखा परिक्षकले नागरिक लगानी कोषका अध्यक्षसंग छलफल गर्दै लामो समयदेखि कोषको लेखा परीक्षण नहुनु गम्भिर विषय भएको भन्दै ७ दिन भित्र लेखापरीक्षण गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै  महालेखा परीक्षकले बीमा समितिका अध्यक्ष, कार्यकारी प्रमुख लगायतसँग छलफल गर्दै राष्ट्रिय बीमा संस्थानको लेखा परक्षिण नहुनु पनि गम्भिर भएको बताएक छन्  । महालेखा परीक्षकले कानुन बमोजिम अनुगमन कार्यलाई प्रभावकारी वनाउन र लामो समय देखि हुन नसकेको बिमा संस्थानको लेखा परीक्षण भदौ मसान्त भित्र सक्न निर्देशन दिएका छन् । 

तोकिएको समयमा लेखा परिक्षण नगरे थप कारबाही हुने समेत महालेखा परिक्षकको कार्यालयले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved