नेपाल प्रहरी र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सहकार्य, एन.बी.आईले प्रहरीलाई तालिम दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 28, 2017 | 12:09:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरी र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच क्षमता अभिवृद्घी र रणनितिक सहकार्य गर्ने सम्बन्धी समझदारी भएको छ । उक्त समझदारीमा एन.बी.आई का प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा र नेपाल प्रहरी काप्रमुख प्रकाश अर्यालले हस्ताक्षर गरेका हुन । समझदारी अनुसार नेपाल प्रहरीले छनौट गरेर पठाएका अनुुसन्धानमा संलग्न हुने कर्मचारी तथा अन्य अधिकारी लाई अन्तराष्ट्रिय चासोका विषयहरु मध्यका AML/CFTAnti-Fraud Certification Course  तालिम का साथै उपयुक्त हुने सम्मेलन, कार्यशाला र गोष्ठी मा एन.बी.आई केही सहभागीता दिलाउने भएको छ ।

हस्ताक्षर कार्यक्रममा एन.बी.आई. का सीईओ सुब्बाले एन.बी.आई.को मुख्य उद्देश्य बैंक तथा वित्तीय संस्था एवं नियामक निकाय, नीति निर्माता तथा कानून कार्यान्वयन ईकाइहरु लगायत सम्बन्धित सम्पूर्ण सरोकारवाला पक्षहरुको दक्षता अभिवृद्घि गर्नु रहेको बताए । यसैगरी नेपाल प्रहरी का प्रमुख अर्यालले पनि साझेदारीसँगै वित्तीय क्षेत्र सम्बद्घ अपराध अनुसन्धानमा सक्रिय अधिकारीहरुलाई अपराधको अध्ययन तथा अनुसन्धान गर्न आवश्यक ज्ञान तथा सीप उपलब्ध गराउन उपयुक्त माध्यम हुने बताए ।

वित्तीय कारोबाको दायरा वृद्घिसंगै बैंक तथा वित्तीय क्षेत्रमा ठगी तथा घोटालाका घटनाहरु र अन्य वित्तीय अपराध समेत बढिरहेकोले AML/CFT, Anti-Fraud Certification Course जस्ता तालिमले कानुन कार्यान्वयन ईकाइलाई प्रभावकारी ढंगबाट कामगर्न मद्दत पुग्ने बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved