आईपिओ निष्काशनमा बुक विल्डिङ्ग: यस्तो छ अन्तर्राष्ट्रिय अभ्यास, नेपालमा कुन आउदै ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2019 | 12:25:00 PM मा प्रकाशित

laxmi  sunrise bank

दिपेश ताम्राकार 

नेपालको प्राथमिक बजारमा बुक विल्डिङ्ग विधि कार्यान्वयनमा ल्याउने सम्बन्धमा लामो समयदेखि चर्चा हुँदै आएको छ । बुक बिल्डिङ्ग र यसको महत्वबारे यसभन्दा अगाडि सभा, गोष्ठी र लेखहरूमाफर्त विचार विमर्श पनि भएका छन् । यी विचार विमर्शहरूबाट बुक बिल्डिङ्ग विधि भन्नाले योग्य संस्थागत लगानीकर्ताहरूको मागको आधारमा प्राथमिक बजारमा निष्काशन गरिने धितोपत्रको वास्तविक एवं न्यायोचित मूल्य निर्धारण विधि हो भन्ने प्रष्ट भईसकेको छ । धितोपत्र बजारमा विभिन्न क्षेत्रका कम्पनीहरूको सहभागिता रहेमा मात्र धितोपत्र बजारले देशको आर्थिक स्थिति यर्थाथ रूपमा प्रतिबिम्बित गर्न सक्छ भन्ने मान्यतालाई लागू गर्न अन्य क्षेत्रका कम्पनीहरू खास गरी वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमार्फत् पूँजी परिचालन गराउन बुक बिल्डिङ्ग विधि महत्वपूर्ण माध्यम हुनसक्ने भएकोले नेपालको प्राथमिक बजारमा यसको कार्यान्वयन अपरिहार्य भइसकेको छ ।

यस लेखमा बुक बिल्डिङ्ग विधि सम्बन्धमा कानूनी व्यवस्था, विभिन्न मुलुकहरूमा भएको यसको सफल कार्यान्वयन तथा नेपालको प्राथमिक बजारमा बुक बिल्डिङ्ग विधिको कार्यान्वयनका लागि हुनुपर्ने संरचनात्मक सुधार एवं कानूनी व्यवस्थाहरू सम्बन्धमा छलफल गर्ने प्रयास गरिएको छ ।

बुक विल्डिङ विधि सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास ः

अमेरिकाबाट प्रकाशन हुने Review of Financial Studies मा सन् २००० मा प्रकाशित एक अध्ययन प्रतिवेदन अनुसार त्यस समयमा फ्रान्स, जर्मनी, फिनल्याण्ड, जापान अमेरिका, अर्जेन्टिना, ब्राजिल, न्यूजिल्याण्ड लगायतका विश्वका ४० भन्दा बढी देशका धितोपत्र बजारमा बुक बिल्डिङ्ग विधिलाई प्रयोग गरिएको उल्लेख गरिएको छ । बुक विल्डिङ्ग पद्धतिका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास देहाय अनुसार प्रस्तुत गरिएको छः

भारत ः छिमेकी देश भारतमा प्राथमिक निष्काशनमा लगानी गर्ने लगानीकर्ताहरूलाई Retail Individual Investor -RII_, Non-Institutional Bidders (NIB) / Qualifi ed Institutional Bidders -QIB_गरी तीन श्रेणीमा विभाजन गरिएको र प्राथमिक निष्काशनको रकममध्ये  RII लाई ३५ प्रतिशत,NII लाई १५ प्रतिशत र QIB लाई ५० प्रतिशत छुट्याइन्छ ।

भारतमा प्राथमिक निष्काशन दुई तरिकाबाट गरिन्छः

(१) पुरै निष्काशन बुक विल्डिङ्ग पद्धतिबाट र (२) ७५ प्रतिशत निष्काशन बुक विल्डिङ्ग पद्धति र बाँकी २५ प्रतिशत निष्काशन निश्चित मूल्य (Fixed price) मा । बुक विल्डिङ्ग पद्धति अन्र्तगत प्राथमिक निष्काशन गर्दा Book Runner (मर्चेन्ट बैंकर) ले Price Band तोक्दछ जसमा तलको मूल्यलाई Floor Priceर माथिको माथिल्लो Band लाई cap price भनिन्छ । Cap Price को मूल्य floor price भन्दा २० प्रतिशत बढी हुन्छ । cap price र floor price को बीचमा लगानीकर्ताले खरिद गर्न चाहेको मूल्य bid गर्दछन् र धितोपत्र बाँडफाँट हुने मूल्यलाई cut off price भनिन्छ ।

ख) बंगलादेश ः छिमेकी देश बंगलादेशमा प्राथमिक निष्काशन निश्चित मूल्य (ँfixed price) वा बुक विल्डिङ्ग पद्धतिबाट गर्ने गरिएको पाइएको छ । निश्चित मूल्यबाट धितोपत्र निष्काशन गर्दा निष्काशनकर्ता कम्पनीले निष्काशन मूल्य तोकी अफर डकुमेन्टमा मूल्यको आधार खुलाउने गरिन्छ । त्यस्तै बुक विल्डिङ्ग पद्धतिबाट सार्वजनिक निष्काशन गर्न निश्चित मापदण्ड (नेटवर्थ ३० करोड बंगलादेशी टाका भएको, न्यूनतम १० प्रतिशत वा face value ३० करोड टाका मध्ये जुन बढी हुन्छ त्यति निष्काशन गर्नुपर्ने, न्यूनतम तीन वर्षदेखि संचालनमा आएको हुनुपर्ने, न्यूनतम तीन पूर्ण आर्थिक वर्षमध्ये दुई आर्थिक वर्ष नाफामा सञ्चालन भएको हुनुपर्ने, निष्काशनका लागि आवेदन दिने समयमा सञ्चित नाफा हुनुपर्ने, वार्षिक साधारण सभा नियमित रूपमा सञ्चालन गरिरहेको, अन्तिम लेखापरिक्षण प्रतिवेदन धितोपत्र नियमन निकायले shortlisted गरी तयार गरेको panel मा समाविष्ट चार्टर्ड एकाउन्टेन्टबाट गरिएको हुनुपर्ने) पूरा गरेका कम्पनीहरूले मात्र पाउने प्रावधान रहेको छ ।

बुक विल्डिङ्ग पद्धतिबाट सार्वजनिक निष्काशन गरिने पद्धति देहाय बमोजिम रहेको छः

 बुक विल्डिङ्ग पद्धतिमा निष्काशनकर्ता मर्चेन्ट बैंकर बाहेक अन्य मर्चेन्ट बैंकर, Bangladesh Securities Commissions -BSEC_ मा दर्ता भएका विदेशी संस्थागत लगानीकर्ता, उपदान तथा निवृत्तिभरण कोष सञ्चालन गर्ने कोष सञ्चालक, बंगलादेशको केन्द्रीय बैंकबाट अनुमति प्राप्त बैंक तथा गैर बैंकिङ्ग वित्तीय संस्था, बीमा कम्पनी, BSEC मा दर्ता भएका भेञ्चर क्यापिटल, संस्थागत लगानीकर्ता तथा स्टक डिलर र यो प्रयोजनका लागि BSEC ले योग्य ठानेका संस्थाहरूले भाग लिन पाउने,

 निष्काशनकर्ता कम्पनीले माथि उल्लेखित संस्थागत लगानीकर्ताहरूबाट धितोपत्रको Indicative Price का लागि आह्वान गर्ने,

 निष्काशनकर्ता कम्पनी, निष्काशन गर्ने मर्चेन्ट बैंकर र न्यूनतम पाँच संस्थागत लगानीकर्ताबाट प्राप्त Indicative Price

 का आधारमा Indicative Price तोकिएको आधारसहित BSECमा निवेदन दिई आवश्यक प्रकृया पूरा गरी निष्काशन गरिने,

 पहिले संस्थागत लगानीकर्तालाई Indicative Price को २० प्रतिशत तल वा माथिसम्म bid गर्न पाउने गरी

bid खुला गरिने, निष्काशन रकमका आधारमा संस्थागत लगानीकर्तालाई निश्चित रकम छुट्याइने प्रावधान रहेकोमा संस्थागत

लगानीकर्ताले प्राप्त गरेको धितोपत्रको न्यूनतम मूल्यलाई आधार मानी सोही मूल्यमा सर्वसाधारण लगानीकर्ता, सामूहिक लगानी कोषलाई धितोपत्र निष्काशन गरिने व्यवस्था रहेको छ ।

पाकिस्तान ः अर्को छिमेकी देश पाकिस्तानमा पनि प्राथमिक निष्काशन निश्चित मूल्य (Fixed Price) वा बुक बिल्डिङ्ग पद्धतिबाट गर्न सकिने व्यवस्था रहेको देखिएको छ । निश्चित मूल्यमा प्राथमिक निष्काशन गर्दा Par Value वा प्रिमियम मूल्य दुवैमा गर्न सकिने व्यवस्था रहेको र प्रिमियम मूल्यमा निष्काशनगर्दा प्रिमियम निर्धारण गरिएको वैज्ञानिक विधि विवरणपत्रमा खुलाउनुपर्ने व्यवस्था रहेको छ । बुक विल्डिङ्ग पद्धतिमार्फत् निष्काशन गरिने धितोपत्रको निष्काशन मूल्य Dutch Auction विधिमा आधारित रहेको देखिन्छ । सर्वप्रथम निष्काशनकर्ता कम्पनी र निष्काशन परामर्शदाताबीचको समझदारीमा Floor Price निर्धारण गरी संस्थागत लगानीकर्ता र High Networth Individual Investors -HNWIIs_ लाई bid का लागि आह्वान गरिन्छ ।

धितोपत्रको मागको स्थिति सर्वसाधारणलाई जानकारी दिन संस्थागत लगानीकर्ता र HNWIIS ले bid गरेको रकम र धितोपत्रको संख्या स्टक एक्सचेञ्जमार्फत् Market Depth मा सार्वजनिक गर्ने गरिन्छ । धितोपत्र बाँडफाँट भएको न्यून्तम bid मूल्यलाई Strike Price मानी सोही मूल्यमा वा सोभन्दा कममा निष्काशनकर्ताले सर्वसाधारणलाई निष्काशन गर्न सकिने व्यवस्था पाकिस्तानमा रहेको छ । पाकिस्तानमा बुक बिल्डिङ्ग पद्धतिलाई छुट्टै नियमावली बनाएर व्यवस्थित गरिएको छ ।

श्रीलंका ः छिमेकी देश श्रीलंकामा पनि प्राथमिक निष्काशन निश्चित मूल्य (Fixed Price) वा बुक बिल्डिङ्ग पद्धतिबाट गर्न सकिने व्यवस्था रहेको देखिएको छ । ँष्हभम एचष्अभ को मूल्य र बुक बिल्डिङ्गको Price Band स्वतन्त्र मूल्यांकनकर्ताको सहयोगमा निर्धारण गरिनु पर्ने, मूल्य निर्धारण गर्दा अपनाइएको विधि विवरणपत्रमा खुलाउनुपर्ने जस्ता व्यवस्थाहरू रहेको छन् ।

चीन ः उत्तरी छिमेकी देश चीनमा प्राथमिक निष्काशन निश्चित मूल्य (Fixed Price), बुक बिल्डिङ्ग र बोलकबोल (auction) विधि गरी तीन तरिकाबाट हुने गरेको देखिन्छ । निश्चित मूल्यमा प्राथमिक निष्काशन गर्दा निष्काशनकर्ता र प्रत्याभूतिकर्ताले मूल्य निर्धारण गरी धितोपत्र नियमन निकाय China’s Securities and Regulatory Commission -CSRC_  बाट स्वीकृति लिई जारी गर्दछन् । बोलकबोल विधिबाट प्राथमिक निष्काशन गर्दा धितोपत्रको मूल्य निर्धारण निष्काशनकर्ता र प्रमुख प्रत्याभूतिकर्ताले मूल्य आम्दानी अनुपात प्रक्षेपण गर्ने सूत्र (Formula for Forecasting Price-Earnings Ratio_ मा आधारित भई आधार मूल्य तयार गर्ने र आधार मूल्यलाई न्यूनतम अक्सन मूल्य राखी लगानीकर्ताले धितोपत्र खरिदका लागि बोलकबोल गर्नुपर्ने प्रावधान रहेको छ ।

त्यस्तै, चीनमा बुक विल्डिङ्ग विधिबाट प्राथमिक निष्काशन गर्दा सर्वप्रथम निष्काशनकर्ता र प्रमुख प्रत्याभूतिकर्ताले मूल्य आम्दानी अनुपात प्रक्षेपण गर्ने सूत्र (Formula for Forecasting Price-Earnings Ratio) मा आधारित भई धितोपत्रको मूल्यको Price Range  तयारपारी संभाव्य (Potential) संस्थागत र साना लगानीकर्ताबाट Expression of Interest माग गर्ने र सो आधारमा मूल्य समायोजन गरी बिक्री खुला गर्ने गरिएको देखिन्छ । यी तीनै विधिबाट सार्वजनिक निष्काशन गर्दा धितोपत्रको निष्काशन मूल्य CSRC बाट स्वीकृति लिनुपर्ने प्रावधान चीनमा रहेको छ । धितोपत्रको मूल्य निर्धारण गर्दा P/E Multiplier लाई प्रमुख सूचकको रूपमा हेरिने र एरभ् ःगतिष्उष्भिच १५ देखि २० को बीचमा हुनुपर्ने प्रावधान रहेको छ । P/E Multiplier को गणना गर्दा संगठित संस्थाको प्रक्षेपित आम्दानीलाई आधार मान्ने गरेको देखिन्छ ।

नेपालको प्राथमिक बजारमा बुक बिल्डिङ विधि कार्यान्वयन ः

बुक बिल्डिङ्ग विधि कार्यान्वयनको ढाँचा यस्तै हुनुपर्दछ भनेर तोकिएको पाईदैन । संसारभर विभिन्न मुलुकले आफ्नो अर्थतन्त्र र पूँजी बजार सुहाँउदो ढाँचामा बुक बिल्डिङ्ग विधि लागू गरेको पाइन्छ । नेपालमा यसको कार्यान्वयनको लागि पनि हाम्रो बजार अनुकूल हुने किसिमबाट आवश्यक संरचना तयार गर्नुपर्ने हुन्छ । नेपालको प्राथमिक बजारमा बुक बिल्डिङ्ग विधि कार्यान्वयनमा ल्याउन देहाय बमोजिम संरचनात्मक सुधार एंव व्यवस्थाहरू लागू गर्दा बुक बिल्डिङ्ग विधिको सफल कार्यान्वयन हुनसक्ने देखिन्छ ।

क) सार्वजनिक निष्काशन गर्न चाहने संगठित संस्थाहरूले निम्न बमोजिमको शर्तहरू पूरा गरेपश्चात् मात्र बुक बिल्डिङ्ग विधिबाट प्रिमियम मूल्यमा धितोपत्र निष्काशन गर्न योग्य हुने ः

 कम्तिमा ३ बर्षदेखि कारोबार सञ्चालन गरेको वा व्यापारिक उत्पादन गरिरहेको हुनुपर्ने ।

 कम्तिमा पछिल्लो दुई आर्थिक बर्ष खुद नाफा आर्जन गरेको हुनुपर्ने ।

 कम्तिमा पछिल्लो दुई आर्थिक बर्ष व्यवसाय सञ्चालनबाट नगद प्रवाह धनात्मक हुनुपर्ने ।

 निष्काशन गर्ने धितोपत्रको कम्तीमा ५० प्रतिशत धितोपत्रको प्रत्याभूति गराउनुपर्ने ।

 सार्वजनिक निष्काशनमार्फत संकलन गरिने रकम कम्तीमा २५ करोड रूपैयाँ हुनुपर्ने ।

 संगठित संस्थाको आधारभूत शेयरधनी र सञ्चालकहरू कर्जा सूचना केन्द«को कालोसूचीमा नरहेको ।

ख) योग्य संस्थागत लगानीकर्ता ः प्रचलित कानून बमोजिम नेपालमा आफ्नो व्यवसाय सञ्चालन गरेका देहाय

बमोजिमका संस्थाहरूले बुक बिल्डिङ्ग विधिमा बोलकबोलमा सहभागी हुन पाउने ः

 मर्चेन्ट बैंकर तथा पोर्टफोलियो व्यवस्थापक,

 सामूहिक लगानी कोष योजना,

 बजार निर्माता÷डिलर,

 बैंक तथा वित्तीय संस्थाहरू,

 वीमा कम्पनीहरू,

 विशिष्टिकृत लगानी कोष,

 धितोपत्र बजारमा सूचीकृत भएका अन्य संस्थाको शेयरमा लगानी गर्ने उद्देश्यसहित स्थापित संगठित संस्थाहरू,

कर्मचारी सञ्चय कोष,

 नागरिक लगानी कोष,

 बोर्डले स्वीकृति प्रदान गर्ने अन्य संस्थाहरू

ग) प्रारम्भिक विवरणपत्र ः निष्काशन तथा बिक्री प्रबन्धकले योग्य संस्थागत लगानीकर्ताहरूलाई निष्काशनकर्ता

संगठित संस्थावारे जानकारी गराउनका लागि बोलकबोलमा सहभागी हुनुपूर्व देहायको विवरणहरू समावेश गरी

प्रारम्भिक विवरणपत्र तयार गराउनु पर्ने ः

 निष्काशनकर्ता संस्थाको आधारभूत जानकारी

 निष्काशनको प्रस्तावित आकार,

 कम्तीमा विगत तीन आर्थिक बर्षहरूको लेखापरीक्षण भएको वित्तीय विवरण,

 कुनै मूल्य सूचक उल्लेख नगरी अन्तर्राष्ट्रिय रूपमा प्रचलित विधि अनुसार निष्काशन तथा बिक्री प्रबन्धकले

तयार गरेको मूल्याङ्कन प्रतिवेदन,

 प्रारम्भिक विवरणपत्र निष्काशन मूल्य र निष्काशन गरिने धितोपत्रको संख्या उल्लेख नगरी तयार गर्नु पर्नेछ ।

घ) ‘रोड शो’ (road show) आयोजना ः निष्काशनकर्ता संस्था र निष्काशन तथा बिक्री प्रबन्धकले योग्य लगानीकर्ताहरूलाई निष्काशनकर्ता कम्पनी, निष्काशन गर्ने धितोपत्रसम्बन्धी सम्पूर्ण विवरण प्रस्तुतीकरण गर्न

देहाय बमोजिम हुनेगरी ‘रोड शो’ आयोजना गर्नुपर्ने ः

 निष्काशनकर्ता कम्पनी÷निष्काशन तथा बिक्री प्रबन्धकले संस्थागत लगानीकर्ताहरूलाई ‘रोड शो’ मा सहभागी हुन मिति, समय र स्थान सहित कम्तीमा ७ कार्य दिन पूर्व पत्रमार्फत तथा राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराउनुपर्ने,

 जानकारी पत्र साथ प्रारम्भिक विवरणपत्र समेत समावेश गर्नुपर्ने,

 योग्य संस्थागत लगानीकर्ताहरूले ‘रोड शो’ सम्पन्न भएको तीन कार्य दिनभित्र केही राय सुझाव भएमा दिन सक्ने,

 संस्थागत लगानीकर्ताहरूले पेश गरेको राय सुझाव बमोजिम आवश्यक सुधार गरी प्रारम्भिक विवरणपत्रलाई  स्वीकृतिका लागि आवश्यक कागजात सहित बोर्डमा पेश गर्ने र प्रारम्भिक विवरणपत्र तथा आवश्यक कागजातको जाँचबुझ गरी बोर्ड सन्तुष्ट भएमा बोलकबोल प्रकृया अघि बढाउन तथा निष्काशन मूल्य निर्धारण गर्न स्वीकृति प्रदान गर्ने ।

ङ) निष्काशन मूल्य (cut-off price) को निर्धारण ः निष्काशनमूल्य (cut-off price) भन्नाले योग्य संस्थागत लगानीकर्ताहरूले बोलकबोल प्रकृया कबोल गरेको न्यूनतम मूल्यलाई जनाउँदछ । निष्काशन मूल्यको निर्धारण गर्दा देहाय बमोजिमको व्यवस्थाको अधिनमा हुँदा उचित हुने देखिन्छ ः

 निष्काशनकर्ता कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकले तयार गरेको मूल्याङ्कन प्रतिवेदनको आधारमा तल्लो दर (fl oor price) र माथिल्लो दर (cap price) को बीच निश्चित प्रतिशतभन्दा फरक नहुने गरी मूल्य सीमा निर्धारण गर्ने, 

 योग्य संस्थागत लगानीकर्ताहरूले प्रचलिन कानूनले खरिद गर्न बन्देज लगाएको बाहेकको धितोपत्रमा विद्युतीय बोलकबोल प्रणालीमार्फत आफूले खरिद गर्न चाहेको धितोपत्र संख्या र मूल्य प्रबिष्ट गर्ने,

 मूल्य निर्धारण प्रकृयालाई विश्वसनीय तथा यर्थाथपरक बनाउन योग्य संस्थागत लगानीकर्ताहरूले कुल निष्काशन रकमको अधिकतम दुई प्रतिशतसम्मको लागि मात्र बोलकबोल गर्न सक्ने,

 बोलकबोल प्रकृया ४ कार्य दिनको लागि खुल्ला राख्ने, 

 बोलकबोल प्रकृया केन्द्रीय निक्षेप कम्पनीले सञ्चालन गर्ने पूर्ण स्वचालित विद्युतीय प्रणालीमार्फत हुने तथा बोलकबोलकर्ताको परिचय नखुल्ने गरी विभिन्न दरमा भएको बोलकबोलको विवरणसम्बन्धित व्यक्तिहरूले हेर्न मिल्ने गरी स्क्रिनमा प्रकाशन गर्ने, 

 बोलकबोलकर्ताले आफूले कबोल गरेको रकमको निश्चित प्रतिशतले हुने रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नु पर्ने,

बोलकबोलकर्ताले बोलकबोल प्रकृया खुला रहेको अवधिभित्र सुरुको कबोल मूल्यको १० प्रतिशतभन्दा बढी तल माथि नहुने गरी संशोधन गर्न सक्ने,

बोलकबोलको प्रकृया सम्पन्न भएपश्चात निष्काशन भएको सम्पूर्ण धितोपत्र सकार हुने न्यूतनम कबोल दरको नजिकको पूर्णाङ्कलाई निष्काशन मूल्य (cut-off price) निर्धारण गर्ने,

बोलकबोल प्रकृयामा सहभागी सम्पूर्ण योग्य संस्थागत लगानीकर्ताहरूलाई निर्धारित निष्काशन मूल्यमा धितोपत्र खरिद गर्न प्रस्ताव गर्ने । निर्धारित निष्काशन मूल्य वा सोभन्दा माथिल्लो दरमा कबोल गर्ने बोलकबोलकर्ताहरूले अनिवार्य रूपमा आफूले कबोल गरेको शेयर संख्या खरिद गर्नुपर्ने र निर्धारित निष्काशन मूल्यभन्दा कममा कबोल गर्नेहरूका लागि ऐच्छिक हुने,

 सामूहिक लगानी कोष योजना बाहेकका योग्य संस्थागत लगानीकर्ताहरूलाई समानुपातिक रूपमा धितोपत्र बाँडफाँट गर्ने र सामूहिक लगानी कोष योजनाहरूलाई योजनाको लागि सुरक्षित गरिएको धितोपत्र मध्येबाट बाँडफाँट गर्ने,

 सर्वसाधारण लगानीकर्ताहरूका लागि निर्धारित निष्काशन मूल्यमा छुट्याइएको धितोपत्र निष्काशन गर्ने । आयोजना प्रभावित क्षेत्रका बासिन्दाको हकमा निष्काशनकर्ता कम्पनीले निर्धारित निष्काशन मूल्यमा छुट प्रदान गर्न सक्ने ।

धितोपत्रको बाँडफाँड 

बुक बिल्डिङ्ग विधिबाट धितोपत्रको सार्वजनिक निष्काशन गर्दा योग्य संस्थापक लगानीकर्ताहरूका लागि धितोपत्र सुरक्षित गर्नुपर्ने भएकोले हाल प्रचलित नियम बमोजिम देहायको अनुपातमा धितोपत्र बाँडफाँड तथा वितरण गर्दा उपयुक्त हुने देखिन्छ ः



योग्य संस्थागत लगानीकर्ताहरूका लागि छुट्याएको धितोपत्रको ५० प्रतिशतभन्दा कम धितोपत्र संख्याको लागि मात्र आवेदन भएमा उक्त सार्वजनिक निष्काशन रद्द हुनेछ ।

योग्य संस्थागत लगानीकर्ताहरूलाई बाँडफाँट गरिएको धितोपत्र सूचीकरण मिति वा व्यवसायिक उत्पादन÷सञ्चालन मिति जुन पछि हुन्छ सो मितिबाट ६ महिनासम्म कुनै पनि किसिमले बिक्री वितरण गर्न नपाउने गरी रोक्का रहने छ । ६ महिनाको अवधि पश्चात देहाय बमोजिम हुने गरी बिक्री गर्नसक्ने छ ः 



विद्युतीय बोलकबोल प्रणाली ः बुक बिल्डिङ्ग विधिमा योग्य संस्थागत लगानीकर्ताहरूबाट हुने बोलकबोललाई व्यवस्थित बनाउन पूर्ण स्वचालित विद्युतीय प्रणालीको विकास गर्नुपर्ने हुन्छ । हाल सि–आस्वा प्रणाली सञ्चालन गरिरहेको सन्दर्भमा केन्द«ीय निक्षेप कम्पनीले नै बुक बिल्डिङ्गसम्बन्धी विद्युतीय प्रणाली समेत सञ्चालन गर्न उपयुक्त हुने देखिन्छ । सम्भावित संस्थागत लगानीकर्ताहरूले बुक बिल्डिङ्गसम्बन्धी विद्युतीय प्रणालीमा आवद्ध भई निष्काशनको बोलकबोलमा सहभागी हुन सक्ने छन् ।


निष्कर्ष

धितोपत्रको प्रिमियम मूल्य निर्धारण प्रकृयालाई व्यवस्थित र पारदर्शी बनाउन साथै लगानीकर्ता एवं निष्काशनकर्ता संस्था दुवैलाई न्यायोचित हुने गरी प्रिमियम मूल्य निर्धारण गर्न नेपालको प्राथमिक बजारमा समेत बुक बिल्डिङ्ग विधि लागू गर्नु उत्तम विकल्प हुन सक्छ । नेपालको प्राथमिक बजारमा बुक बिल्डिङ्ग विधि कार्यान्वयनमा ल्याउन धितोपत्रसम्बन्धी नेपालको प्रचलित ऐन नियमले बुक बिल्डिङ्ग विधिको परिकल्पना गरेको नदेखिएको सन्दर्भमा सर्वप्रथम सोसम्बन्धी कानूनी व्यवस्था तयार गर्नुपर्ने देखिन्छ  । कानूनी संरचना तयार गर्नुको अलावा बजार सम्बद्ध पक्षहरूको क्षमता अभिवृद्धिमा समेत जोड दिनुपर्ने हुन्छ । यसका साथै बुक बिल्डिङ्ग विधिलाई विश्वसनीय र पारदर्शी बनाउन सोको लागि स्वचालित विद्युतीय प्रणाली समेत विकास गर्नुपर्ने देखिन्छ ।

नेपालको पूँजी बजारमा यस अघि धितोपत्रको पूर्ण अभौतिकीकरण, आस्वा प्रणालीमार्फत देशको ७७ जिल्लामा प्राथमिक बजारको पहुँच, धितोपत्रको दोश्रो बजारमा अनलाइन कारोबार लगायत आधुनिक प्रविधिहरूको सफल कार्यान्वयन गर्दा हासिल गरिएको अनुभवको आधारमा आवश्यक कानूनी एवं भौतिक व्यवस्थाहरू तयार गरी यसका लागि अगाडि बढेमा नेपालको प्राथमिक बजारमा बुक बिल्डिङ्ग विधिको समेत सफल कार्यान्वयन सम्भव देखिन्छ ।

नोट: यो लेख नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सव विशेषांकमा प्रकाशित दिपेश ताम्राकारको लेख बाट साभार गरिएको हो । ताम्राकार बोर्डले  बुक विल्डिङ्ग सम्बन्धि अध्ययन गर्न गठन गरेको समितिका सदस्य हुन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved