कोरोना, राज्य र नागरिकको दायित्व, अधिवक्ता हुतराज दाहालको विश्लेषण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 11:08:25 AM मा प्रकाशित

laxmi  sunrise bank

अहिले सम्पुर्ण विश्व ठुलो संकटमा परेको छ । हजारौं मानिसको ज्यान लिइसकेको कोरोना भाइरस ‐कोभिड१९) बाट सबै देश प्रभावित भएका छन । यसको त्रास पहिलो दोश्रो विश्व युद्वभन्दा पनि ठुलो रहेको आकलन गरेका छन । विकशित देशले त यसको रोकथाम गर्ननसकेको अवस्थामा नेपाल जस्तो देशले यसको जोखिमसग“ जुध्ने कार्य चुनौतिपुर्ण रहेको छ ।सरकारले आफनो सक्दो सहयोग गरेको देखिन्छ ।विदेशी मुलुकबाट सामानहरु ल्याउने यहि भएको दक्षजनशक्तीको प्रति भरपुर प्रयोग गरिरहेको अवस्था छ ।

सरकार एक्लैले लज, घर लिन सक्दैन हामी सबैले सहयोग गर्नुपर्छ । पटक पटक हात धुने, सनटाइजर प्रयोग गर्ने, भिडभाडमा नजाने, अत्यावश्यक कामको लागी मात्र बाहिर जाने आदि गर्न सकिन्छ । बिज्ञहरुको सल्लाह लिने अफवाह हल्लाको पछाडि नलाग्ने गर्नु नै उचित हुन्छ । यो जिवाणु भनेको कसैले नसारी सर्दैन, यसको सबैभन्दा महत्वपुर्ण कुरा चाहि घरबाट बाहिर ननिस्कनु नै हो । यसमा मुख्य गरेर बुढाबुढी र जसको रोगसग“ लडनसक्ने क्षमता कम छ उसले बढि सावधानी हुनु जरुरी छ । बाहिरफेर हिडदा पनि मास्क लगाउने, खोक्दा अथवा हाछिउ गर्दा मुख छोपेर टिस्यु पेपरले ढाकेर मात्र गर्नाले पनि यसबाट बच्न सकिन्छ । खासमा बिदेशबाट आएका मानिसबाट प्राय सरेको हुनाले दुई हप्तासम्म त्यस्ता मान्छे क्यारेनटाइनमा बस्नुपर्दछ । कोहि त्यस्तो ब्यक्तिलाई सङक्रमण भइहाल्यो भने स्वास्थ्यकर्मी सग“ चेकजा“च गराइहाल्नुपर्छ । यदि त्यसको लक्षण पाएमा आफुसग“ सम्र्पक भएको सम्पुर्ण ब्यक्रिको, दायित्व हुनआउछ । अहिले विश्वनै अस्तब्यस्थ भएको बेला मान्छेलाई के गरी जोगीने मात्र भन्ने ध्यावन्न रहेको छ । 

कोरोनाको कारणले सरकारले अहिले लकडाउन गरेको अवस्था छ । मानिसहरु घरभित्रै सेल्फ क्यारिनटाइनमा बसेका छन । राज्यले कतिदिन यसरी नागरिकलाई राख्न सक्छ त्यो भने आगामी भविष्यले देखाउछ नै । प्राय ज्याला, मजदुरी गरेर खाने आम आम नागरिकको बिजोग भएको छ । घरमा राखेको स्टक सम्पुर्ण सकिसकेको अवस्था छ । मान्छे रोग सर्ने डरले बाहिर जादैनन, तर गएपनि बाहिर पसल खोलेको अवस्था छैन । उद्योग, ब्यापार, ब्यवसाय सबै ठप्प छ । कतिपय कर्मचारीहरु, श्रमिकहरु दालमोठ, चिउराको भरमा जिवन गुजारा गरिरहेका छन । 

यसको अर्को पक्ष भनेको कतिपय मानिस चाहि सपरिवार सग“ भेटघाट गरि रमाइरहेका छन । सिपमुलक कार्यहरु गरिरहेका छन भने कति मान्छे कोठा भित्र बन्दीजिवन जस्तो बिताइरहेका छन । नाकाहरुमा मान्छे अलपत्र परिरहेका छन । हवाइजहाजहरु ठप्प रहेको छ । नेपालमा मात्र होइन छिमेकी मुलुक भारत, चिन लगायत प्राय सबै देश यसले आक्रान्त पारेको अवस्था छ । ठा“उ ठा“उमा क्यारेनटाइनको ब्यवस्था गरिएको छ । सबै सिमा नाका बन्द गर्न र अन्तराष्ट्रिय उडान बन्द गर्न पनि अलि ढिला भएको भन्ने जनगुनासो पनि उठिरहेको छ । सेल्फ करेन्टटाइनमा बस्न पनि मान्छेलाई कसरी बस्ने भन्ने ज्ञान नभएको देखिन्छ । यसमा सरकारले सुचनामुलक सन्देशहरु प्रवाह गर्नुपर्ने देखिन्छ । 

हल्लाको महामारी पैmलाउने झुटा प्रसार प्रचार गर्नेलाई कारबाहि गर्नुपर्ने देखिन्छ । यस बच्चालाई घरभित्र राखेर सिप सिकायो भने पनि धेरै फाइदा हुन्छ । त्यसैगरि इन्टरनेट चलाउने, ज्ञानगुनका कुरा सिक्ने पनि गर्न सकिन्छ । 

अहिले बैड्ढहरुले एटिएम, बेकिड्ढ जस्ता डिजिटल बेकिड्ढलाई निशुल्क गरेको अवस्था छ । यसको प्रयोग गरि बेड्ढमा पनि जानुपर्ने कार्यलाई कटौति गर्न सकिन्छ । अहिले सरकारले जनतालाई भोकभाकै नमार्ने भन्ने घोषणा गरिरहेको परिपेक्षमा भएको सामानलाई पुर्ण सदुपयोग गरि ओभरस्टक नराख्दा नै राम्रो हुन्छ ।

त्यसरी नै अहिले ब्यापारीहरु बैड्ढबाट लिएको लोन के होला ? भन्ने डरमा रहेका छन । अहिले यो समस्यालाई बिर्सिएर तत्कालको समस्यामा चिन्ता लिनुपर्दछ । भोली नेपाल राष्ट्र बैड्ढले नया“ केहि निति लिएर बैड्ढको लोन प्रोभाइजिङ्, ब्याजछुट सम्बन्धी केहि प्याकेज ल्याउन सक्छ, ब्यापारी आतिनुपर्ने छैन । 

अहिले बजारमा ग्यास, चामल, तेलको अवस्था लगायत अत्यावश्यक सामानहरु पाइएन, कालोबजारी भयो भन्ने पनि कुरा उठिराखेको छ । राज्यले घर घरमा खाद्यान्न पुराउने ब्यापारीहरुसग“ सहकार्य गरेर गरिरहेको छ । नागरिकले, ब्यापारीले पनि यसमा सहयोग गर्नुपर्ने देखिन्छ । सरकारको सुचनालाई आधिकारिक मानि हल्लाको पछाडी नलाग्नु नै बेश हुन्छ । 

परिक्षणको दायरा बढाउनुपर्छ, टेस्ट किटहरु सरकारले पर्याप्त झिकाउनुपर्छ र गाउ“ गाउ“मा स्थानीय तहमा यसको प्रयोगशाला हुनु जरुरी छ । सामाजीक दुरी अपनाऔ, घरै बसी कामकाज गरौ, भिडभाडबाट टाढै रहु, आवश्यक साबधानी अपनाउ भनेजस्ता नाराहरु तीनै तहको सरकारबाट जनतामा  फैलाउनुपर्दछ।

प्रत्येक नागरिकले संक्रमणबाट बस्न सक्दो प्रयास गर्नुपर्छ । प्रत्येक ब्यक्तिले सरसफाईमा ध्यान दिनुपर्छ । सबै स्वास्थ्यकर्मी हरुलाई कोरोना सम्बन्धी उपचारको तालिम दिनुपर्छ । नर्स, डाक्टरलाई पनि सुरक्षाको प्रत्याभुति हुनुपर्छ । हामीले बिदेशमा भएको कुराहरु पनि हेरेर पाठ सिक्नुपर्ने देखिन्छ । यदि लकडाउन बढाउदानै देशलाई फाइदा पुग्छ, रोगबाट बच्न सकिन्छ भने यसलाई बढाउदा राम्रो हुन्छ । नेगेटिभ कुराहरु दिने मिडियालाई सामाजीक सन्जालमा अफवाह पैmलाउनेलाई कारवाही हुनुपर्छ । सरकारी तहबाट मात्र समाचार दिने र भ्रमपुर्ण सन्देशलाई रोक्ने गर्नुपर्दछ । 

डब्लु एच ओले दिएको सुचनालाई आधिकारिक मान्नुपर्दछ । राज्यले पनि सकभर कोशिश गरिरहेको अवस्था छ, अझ यसलाई प्रभावकारी ढंगबाट अघिबढनुपर्छ । राज्यले आधिकारीक समाचार दैनिकरुपमा सामाजीक सन्जालमा कुनै सुचनाको माध्यमबाट दिनुपर्छ । मिडियाले नेराश्यता हटाउने खालको समाचार प्रशारण गर्नुहु“दैन । सबै जिम्मेवार भएर कार्य गर्नुपर्छ । 

ब्यक्तिहरु प्नि डिप्रेशनमा नजाउन भनेर मनोरन्जनसग“ सम्बन्धित कार्यक्रमहरु पनि संचार माध्यमले बजाउनु पर्दछ । संक्रमणको महामारीमा राज्यले गरेका प्रयासमा नागरिकस्तरबाट जुटन जरुरी छ । आफुले सक्दो आर्थिक सहयोग पनि यो दुःखद घडीमा गर्नुपर्दछ । 

सरकारले सबैकुराहरु बन्द गरे पनि नागरिकलाई चाहिने खाद्यान्न को जोहो भने तुरुन्त गर्नुपर्दछ र औषधि उपचार विरामी भएर नमर्ने वातावरण सिर्जना गर्नुपर्छ । अहिले आएर प्राइभेट हस्पीटलहरुले बिरामी नलिने कुरा पनि हामीले सुनिराखेका छौ, सरकारले यिनिहरुलाई पनि कार्वाही गरि नागरिकले उचित स्वास्थ्य उपचार पाउनुपर्छ । 

खानेमुख बन्द गर्न सकिदैन, बाँच्नका लागी खानैपर्छ, दैनिक रोजी

रोटी गर्नेलाई अहिले गाहे छ । उच्च वर्गका लागी ४–५ महिना बन्दै भएपनि असर नपरला तर दैनिक परिवार चलाउनेले ४–५ दिन काम गरेन भने परिवार पाल्न सक्दैन । विपदको बेला जसलाई गाहे पर्छ उसलाई सहयोग गर्ने हो । सरकारले तत्काल न्युनतम राहतको घोषणा गर्नुपर्छ । धेरै जनता गरिबीको रेखामुनि रहेका छन । भारत, चिन लगायत केयौं देशले जनतालाई खाद्यान्न बितरण गर्ने, मजदुरलाई पैसा दिने कार्य गरेका छन । यसबारे नेपाल सरकारले पनि सोच्नुपर्ने बेलाआएको छ । अप्ठेरो परेको बेलामा नै राज्यसरकार चाहिन्छ । अहिले त झन तिन तहको सरकार छ, बिपत ब्यवस्थामा कसरी गर्ने भन्ने सरसल्लाह गरि अघि बढनु पर्ने देखिन्छ । श्रोतसाधनको सहि सदुपयोग गरि वास्तविक गरिबलाई राहत प्याकेज बाँड्नुपर्छ। अहिले सामाजिक संघ संस्था, नर्स, डाक्टर, पत्रकार, सुरक्षाकर्मीको महत्वपुर्ण भुमिका रहेको छ । 

बिहानबेलुका भिडभाड नगरी सामान किन्दा माक्सपन्जाको प्रयोग गर्नुपर्दछ । हामी युनिटी भयौ, सरकारलाई सहयोग गरयौ भने हामीले महामारीबाट बच्न सकिन्छ । ठाउ ठाउमा कोरोना अस्थायी अस्पताल खोल्नुपर्छ । स्थानीय तहमा सचेतना पैmलाउनु पर्छ । ६० बर्षमाथिका बढि जोखिम पर्ने हुनाले ज्येष्ठ नागरिकको उचित स्याहार हुनुपर्छ । प्रत्येक गाउ“पालिकाका वडामा हेल्थ डेस्क हुनुपर्छ । हाम्रो देशमा कोरोनाको थप बिरामी हुनु दिनुहु“दैन । सरकारले बिभिन्न टोली खटाई अनुगमन गर्नुपर्दछ । प्रेट्रोल पम्प, खाद्य पसल, सब्जी पसलहरु समय मिलाएर सेवा दिनुपर्छ ।

कोरोनामा ज्यान गुमाएका करिब तिन प्रतिशत भन्दा निको भएका नब्बे पचानब्बे प्रतिशतको तथ्याक सर्वसाधारणको मानसिक सुधारका लागी बढि उपयोगी हुन्छ । यदि मानिस यसलाई मनन नगर्ने हो भने डिप्रेशनको शिकार बन्न सक्छ । कोरोना संक्रमितलाई दया, करुणा, सहानुभुति होइन समानुभुति चाहिन्छ । कोरोनालाई डरलाग्दो नबनाई अरु रोगजस्तो सामान्य भएको वातावरण बनाउनुपर्छ । 

महामारीको समयमा पहिले आफु जोगिने र अरुलाई सहारा दिने हो । हामीले चीन, इटालीबाट पाठ सिक्नुपर्छ । लकडाउनलाई पुर्ण पालना गर्नुपर्छ । घरमै बस्नुपर्छ, सेभ होइन्छ । छरपस्ट रुपमा बाहिर निक्लनु हु“दैन । 

त्यसैगरि कैदिबन्दीहरुको पनि राम्रो सुरक्षा हुनु जरुरी छ । अत्यावश्यक सेवा बाहेक सम्पुर्ण कुराहरु बन्द गरेको सरकारले सराहनीय कार्य हो । स्वयंसेवीहरु खटाई यो सम्वन्धी जनचेतना फैलाउनु पर्छ । 

राम्ररी हात धुने, खोक्दा मुख छोप्ने, आफुले प्रयोग गरेको सामान अरुलाई दिनुहु“दैन । त्यसैगरी आ“खा कान र नाक छुनु हु“दैन । भिडभाडमा जानुहु“दैन । आफुलाई केहि भएमा डा. को सल्लाह लिनुपर्दछ । 

सहयोगी हातहरुले यो समयमा सहयोग गर्नुपर्छ । जो जो ब्यक्ति जहा“ जहा“ हुनुहुन्छ, त्यहा“ नै बस्दा बेश हुन्छ । अहिले सबै तिरको होटल, उद्योग, धन्दा, कलकारखाना बन्द भएका छन त्यसले जनता आतिनु हु“दैन, राज्यले केहि सुबिधा ल्या“उछ । यसको प्रकोप बढदै गएमा राज्यले संकटकाल घोषणा गर्नुपर्दछ । विश्व आज डराएको छ, आतंकित भएको छ । कोरोना संक्रमण पैmलिन नदिन समयमा जनतालाई सुसुचित गराउने, आ आनो घरमा बस्ने, सामाजिक दुरी कायम गर्नेनै महत्वपुर्ण कुरा हो । यदि यो फितलो भयो भने इरान र इटालीभैm नेपाललाई पनि कोरोनाले तहसनहस बनाउने छ । चीन, दक्षिणकोरीयाबाट पाठ हामीले सिक्नुपर्छ । अहिले विश्व नै आर्थिक चपेटामा परेको छ । यति नराम्ररी थलिएको विश्व फेरि कसरी उडछ र पहिलेकै अवस्थामा फर्किन्छ भन्ने कुरा चाहि भविष्य नै देखाउछ । 

लकडाउनको पालना गर्नुपर्छ । बिदेशबाट जो जो आएका छन र तिनीहरुसग“ जसजसको सम्र्पक भएको छ तिनीहरुको स्थानिय निकाय द्वारा पहिचान गरि क्वारेन्टाइनमा राख्नुपर्दछ । केहि ब्यक्तिमा मात्रै संक्रमण देखियो भने पनि पैmलावट तिब्र बन्दै जाने उदाहरण इटालीबाट हामीले सिक्न सक्छौ । तसर्थ सरकारले सबै बिकल्पका योजनाहरु बनाउनुपर्छ । कतिजनासम्म संक्रमित देखिएमा क्वारेन्टाइनमा राखेर उपचार गर्ने, कुन अवस्था आए कम जोखिम भएका बिरामीलाई घरमै अरुको सम्र्पक रहिरहने गरेर बस्न आग्रह गर्ने भनेजस्ता योजना सरकारसित चाहिन्छ । अरु सबै तह र तप्काका नागरिकले पनि यसमा सघाउनुपर्छ । स्वास्थ्यकर्मीलाई पिपि, माक्स, सेनेटाइजर र अन्य सामाग्री तयारी अवस्थामा राख्नुपर्छ । यो सबै जनचेतना मुलुकमा पैmलाउने मुलदायित्व भने फेरि पनि सरकारकै हो । यसका लागी ३ नै तहका सरकारले निजीक्षेत्र र नागरिक समाजसित मिलेर कार्य गर्नुपर्छ । उपभोग्य वस्तु पनि सरकारले ४–५ महिना कम्तिमा पुग्नेगरी राख्नुपर्छ । सत्य, तथ्य र निष्पक्ष समाचार दिनुपर्छ । 

र अन्त्यमा कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन नियमित रुपमा हात धुने, मास्क लगाउने र खोक्दा या हाछिउ गर्दा नाकमुख छोप्ने तथा मासु अण्डा राम्ररी पकाएरै मात्र खाने गर्नुपर्दछ । साथै रुघाखोकी लागेका र श्वासप्रश्वास समस्या भएका ब्यक्तिसग“ सम्र्पकमा नआउनु बेस हुन्छ । भिडभाड, सभा–सम्मेलन र भोजभतेरमा सहभागी हुनुहु“दैन । 

सरकारले पनि टाक्सफोर्सहरु बनाउनुपर्छ । विभिन्न कोषहरु खडागरि जनतालाई सेवा यो विपतको घडीमा दिनुपर्दछ । जनता पनि सरकारको भरमा मात्र पर्नुहु“दैन, आफु पनि सरकारको निर्देशन पालना गर्दै सुरक्षा सावधानी अपनाउनु पर्दछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved