शनिबार टीभीएसको बाइक रेसिङ प्रतियोगिता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 04:35:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी शनिबार काठमाडौंमा बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ हुने भएको छ । काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा उक्त प्रतियोगीता हुने भएको छ । 

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९ नामक सो प्रतियोगिताको मुख्य प्रायोजक जगदम्बा मोटर्स रहेको छ । जगदम्बा नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक हो । मोटर स्पोर्ट्स नेपालले आयोजना गर्न लागेको सो रेसिङ प्रतियोगितामा नोभिस, ओपन र नेसनल गरी तीन क्याटागोरीमा राइडरहरु सहभागी हने आयोजकले जनाएको छ  । यसमा १ सय ५० देखि २ सय सीसी सम्मका बाइक गुडाइने छ । 

आयोजकका अनुसार सो प्रतियोगितामा एक सय भन्दा बढी बाइक राइडरहरुले सहभागिता जनाउने छन् । उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, माउन्टेन स्पोर्ट्स फेडरेसन र नेपाल अटोमोबाइल्स एसोसिएसनको समेत सहयोग रहेको छ । 






Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved