नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापको मन्थलीस्थित विमानस्थल ३६५ दिन नै सञ्चालन हुने बताएको छ । प्राधिकरणका उप–महानिर्देशक राज कुमार क्षेत्रीले काठमाडौँ एयरपोर्टको ट्राफिक जाम कम गराउन आन्तरिक उडानको विकल्प खोजि भईरहेका बेला मन्थली विमानस्थललाई ‘अपरेशन’मा ल्याईएको भन्दै क्षेत्रीले अब उक्त एयरपोर्टबाट सिजनमा मात्रै उडान हुने हो कि भनेर आशंका नगर्न आग्रह गरे ।
केही महिना अघि काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मर्मत हुँदा सगरमाथा क्षेत्रमा हुने उडान मन्थली सारिएको थियो । तर काठमाडौँ विमानस्थलको रन–वेको काम सकिएपछि पनि सोलुखुम्बुको लुक्ला उडान मन्थलीबाटै हुँदै आएको छ । पर्यटन व्यवसायीले भने पूर्वाधारको अभावमा मन्थलीबाट पर्यटन पठाउन समस्या भईरहेको बताएका छन् । यसैबीच प्राधिकरणले मन्थली एयरपोर्टको विस्तारको योजना समेत अघि बढाएको छ । उपमहानिर्देशक क्षेत्रीले बिजपाटी डटकमका निरोज कुमार थापासँग कुरा गर्दै पर्यटकीय सिजनमा पर्यटक बोक्ने र पर्यटक नहुँदा कार्गो बोकेर मन्थलीबाटै विमान उडाईने बताए ।
हेरौँ भिडियोः