अन्तराष्ट्रिय उडान बैशाख १८ सम्म स्थगित, आन्तरिक के हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2020 | 05:22:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अन्तराष्ट्रिय हवाई उडान बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले अन्तराष्ट्रिय उडान बैशाख १८ सम्म स्थगित गर्ने निर्णय गरेको हो । 

बैठकले यसअघि अप्रिल १५ सम्म सबै अन्तराष्ट्रिय हवाई उडान स्थगित गरेको थियो । 

आन्तरिक उडानबारे भने कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिए । आन्तरिक उडान बैशाख ३ सम्म बन्द छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved