हिमालयन बैंकका ग्राहकले डेविट क्रेडिट कार्डबाट अनलाइन काराेबार गर्न सक्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2017 | 07:55:53 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले विद्युतीय भुक्तानी प्रणाली “एचबीएल ई कमर्स पेमेन्ट गेट वे” को नयाँ संस्करण सुरु गरेको छ। अब स्वदेशी, विदेशी व्यापारी तथा ग्राहकहरुले अनलाईन सेवा मार्फत वस्तु तथा सेवाको खरीद बिक्री डेविट वा क्रेडिट कार्ड प्रयोग गरी गर्न सक्नेछन्।

बैंकले सन् २०१५ को जनवरी देखिनै अन्तर्राष्ट्रिय कार्डधारकहरुलाई लक्षितगरी नेपाली व्यापारीहरु माझ ई कमर्स सेवा प्रदान गर्दै आईरहेको छ। बैंकले हाल शुरु गरेको ई कमर्सको नयाँ सँस्करण एशिया प्यासिफिक क्षेत्रको प्रतिष्ठित विद्युतीय भुक्तानी सेवा प्रदायक 2C2P थाइल्यान्ड सँगको सहकार्यमा सुरु गरेको हो।

परिमार्जित यस ई कमर्स सेवा सवै प्रकारका व्यवसायहरु जस्तै उड्डयन, होटेल, ट्राभल तथा टुर, अनलाईन खरिद विक्री साईट, सिनेमा थिएटर आदिहरुको लागि समेत उपलब्ध छ । हाल बुद्ध एअर, यती एअरलाइन्स, सिम्रिक, गोमा तथा श्री एअरलाइन्स, मुन्चा, चेयर्स, ओलिज, स्मार्ट डोको, हिमालयन सोसल जर्नी र नेपाल सोसल ट्रेक्स लगायतले एचविएल ई कमर्स पेमेन्ट गेटवे प्रयोग गरिरहेका छन् । यस विद्युतीय भुक्तानी प्रणाली थ्री डि सेक्युर प्रविधिमा आधारित भएको हँुदा यस प्रणालीबाट हुने सम्पूर्ण कारोवारहरु अत्यन्त सुरक्षित हुने बैंकले उल्लेख गरेको छ ।

नेपालकै इतिहासस ई कमर्स सेवाको सुरुवात पहिलो पटक गरेको हिमालयन बैंकको दावी छ। जसले व्यवसाय गर्ने प्रविधीमै क्रान्ति ल्याइदिएको छ। ई कमर्सको माध्यमले वस्तु तथा सेवाको खरीद तथा विक्री विद्युतीय प्रणाली मार्फत गर्न सकिन्छ।

बैंकको विद्युतीय भुक्तानी प्रणाली प्रयोग गरी स्थानीय व्यवसायीहरुले आफ्ना उत्पादनहरु सजिलो तथा सुरक्षित किसिमले स्थानीय तथा अन्ताराष्ट्रिय वजारमा विक्री गर्न सक्नेछन्।

हाल परिष्कृत गरिएको विद्युतीय भुक्तानी प्रणालीले सवै भिसा तथा माष्टर ब्राण्डका कार्डहरु स्वीकार गर्दछ। निकट भविष्यमै अमेरिकन एक्सप्रेस, जेसिबि तथा युपिआई कार्डहरु समेत यस प्रणालीले स्वीकार गर्नेछ।

बैंकद्वारा परिमार्जित यस ई कमर्स सेवा सवै प्रकारका व्यवसायहरु जस्तै उड्डयन, होटेल, ट्राभल तथा टुर, अनलाईन खरिद विक्री साईट, सिनेमा थिएटर आदिहरुको लागि समेत उपलब्ध छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved