सिटी मनीले गर्‍यो मलेसियाकै ठूलो कम्पनीसँग संझौता, नेपाल पैसा पठाउन झनै सहज

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2017 | 06:22:08 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियाको सबैभन्दा धेरै संजाल भएको कम्पनी मर्चेन्ट्रेड एसिया एसडिएनबिएच डि र नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरवीच संझौता भएको छ। सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र मर्चेन्ट्रेडका तर्फबाट चिफ मनी सर्भिस विजनेस अफिसर सरभेसवारन राजा गोपालले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार मलेसियामा रहेका नेपालीहरुले कुनै पनि मर्चेन्ट्रेडको सय भन्दा बढी तथा ४सय २५ भुक्तानी केन्द्रहरु मार्फत नेपालको सिटी एक्सप्रेस मनी ट्रान्सफरमा रकम पठाउन सक्नेछन् । 

संझौतापछि राजा गोपालले सिटी र मर्चेन्ट्रेडको संझौताले आगामी दिनमा नेपालमा रेमिटेन्स पठाउन झन सहज हुने बताए । साथै आउने दिनमा यो सम्बन्ध अझ प्रगाढ हुदैँ जाने उनले बताए। 

त्यसरी पठाएको रकम सिटी एक्सप्रेसको ५ हजार भुक्तानी केन्द्रहरु मार्फत सहज तरिकाले भुक्तानी लिन सकिने छ । सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदैँ बिगत ११ वर्षदेखि रेमिटेन्स सेवा दिदैं आइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved