नेपाल क्रेडिट एण्ड कमर्स बैंक Nepal Credit & Commerce Bank Limited ले नेपाली क्रिकेट क्षेत्रका उदीयमान खेलाडीहरु आरिफ शेख र रोहित कुमार पौडेललाई ब्रान्ड एम्ब्यासडरको रुपमा दुई वर्षको लागि नियुक्त गरेको छ।
बैंकले ब्राण्ड एम्ब्यासडर नियुक्तिबारे एक पत्रकार सम्मेलन गरि जानकारी दिएको हो। बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले नेपाली क्रिकेट जगतका उदयमान खेलाडीद्वय आरिफ शेख र रोहित कुमार पौडेललाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा आबद्द गराउन पाउँदा खुसि लागेको जानकारी दिए।
पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले शेख र पौडेलजस्ता युवा खेलाडीहरुलाई बैंकसँग आवद्घ गर्न पाउनु गौरवको विषय रहेको बताए। साथै बैंकले यि खेलाडीहरुको वृत्ति विकासको लागि मासिक २५,००० रुपैयाँ दिने जानकारी दिए।
राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले एनसीसी बैंकले शेख र पौडेललाई आफ्नो ब्रान्ड एम्ब्यासडर बनाएर सराहनीय कार्य गरेको बताए। बैंकले आफ्ना १२५ वटा शाखाहरु तथा ७४ वटा एटीएमहरु मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सुबिधा प्रदान गरीरहेको छ।