एनएमबि वित्तीय NMB Microfinance Bittiya Sanstha Limited ले शाखा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । २ दिनसम्म संचालित उक्त तालिमका साथै संस्थाले त्रैमासिक समिक्षा, योजना तर्जुमा गोष्ठी पनि सञ्चालन गरेको हो ।
वैशाख २० र २१ गते दिइएको उक्त तालिममा ४७ वटा शाखाका शाखा प्रवन्धकहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुरली प्रसाद लम्साल, जोखिम ब्यवस्थापन विभाग प्रमुख सुर्य प्रसाद उपाध्याय, कर्जा विभाग प्रमुख चन्दन कुमार सरदा लगाएतले सहभागीलाई प्रशिक्षण दिएका थिए ।