नेपाल बैंक Nepal Bank Limited को कपिलबस्तुस्थित कृष्णनगर शाखाले नगरपालिका परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । विस्तारित काउन्टरको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले उद्घाटन गरे ।
नेपाल बैंकका प्रदेश नम्बर ५ प्रादेशिक कार्यालय प्रमुख पासांग दोर्जि शेर्पाले बैंकले प्रदान गर्नेबारे जानकारी दिए । बैंकको कृष्णनगर शाखाले यस अघि कृष्णनगरकै अन्य २ स्थानमा एक्सटेन्सन काउन्टर स्थापना गरिसकेको छ ।