मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का ग्राहकलाई गरगहना बनाउन छुट हुने भएको छ । बैंक र के.जे. देव कर्नर, काठमाडौंबीच सम्झौता भएपछि मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त के.जे. देव कर्नरमा गरगहना बनाउने शुल्कमा २५ प्रतिशत सम्मको छुट पाउने भएका हुन् ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सञ्चालन विभाग प्रमुख सुवास ढकाल र केजे देव कर्नरकोे तर्फबाट प्रबन्धक रिजु तुलाधरले हस्ताक्षर गरेका छन् ।
बैंकले हाल १२० वटा शाखा मार्फत सेवा दिँदै आएको छ ।