कोरोनाले छोएन बैंकको व्यवसाय, पहिलो त्रैमासमा कुनको अवस्था कस्तो ? (विश्लेषण)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 19, 2020 | 11:12:41 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोनाको संकटमा पनि नेपालका बाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा लगानी गत आर्थिक बर्षको तुलनामा बढेको छ। यस आर्थिक बर्षको सुरुवातदेखि नै कोरोनाको लकडाउन रहेपनि बाणिज्य बैंकहरुको निक्षेप गत आर्थिक बर्षको तुलनामा १ खर्ब ६४ अर्ब ३३ करोडले बढेको छ भने कर्जा लगानी १ खर्ब २९ करोड २५ अर्बले बढेको छ। 

गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कुल निक्षेप तथा कर्जा लगानीमा वृद्धि देखिएपनि चार बाणिज्य बैंक कृषि विकास बैक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक, स्ट्यान्डर्ड चार्टड बैकको निक्षेप घटेको छ।  त्यस्तै हिमालयन. लक्ष्मी, नेपाल बंगलादेश र नेपाल एसबीआई बैंकको कर्जा लगानी घटेको छ। नेपाल बंगलादेश बैंकको निक्षेप तथा कर्जा लगानी दुवै घटेको छ। 

गत आर्थिक बर्षको यस अवधीमा सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले सबै भन्दा बढी निक्षेप संकलन गरेपनि यस आर्थिक बर्षको पहिलो त्रैमासमा एनआईसी एसियाले सबैभन्दा बढी निक्षेप संकलन गरेको छ। 

पहिलो त्रैमासमा एनआईसी एसियाले २ खर्ब ४६ अर्ब २० करोड निक्षेप संकलन गरेको छ। त्यस्तै धेरै निक्षेप संकलन गर्ने पांच बाणिज्य बैंकमा ग्लोबल, राष्ट्रिय बाणिज्य बैंक, नबिल,  नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट बैंक रहेका छन्। 

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३५ अर्ब ३६ करोड निक्षेप संकलन गरेर एनआईसी एसिया सबै भन्दा अगाडी रहेको छ। त्यस्तै यस अवधिमा धेरै निक्षेप संकलन गर्नेको उत्कृष्ट ६ बैंकको सुचिमा एनआईसी सहित ग्लोबल, एनआइबीएल, एभरेस्ट, सेन्चुरी र सिभिल बैंक रहेका छन्। 

लयमा फर्कदै बैंक, व्यवसाय विस्तारमा कुन बैंक कति आक्रमक ? (विश्लेषण)

गत आर्थिक बर्षको यस अवधिमा ग्लोबल आइएमई बैंक कर्जा तथा लगानी गर्नेमा पहिलो स्थानमा थियो भने चालु आर्थिक बर्षको पहिलो तीन महिनामा पनि ग्लोबलले सबै भन्दा बढी कर्जा तथा लगानी प्रवाह गरेको छ। त्यस्तै बढी कर्जा प्रवाह गर्ने उत्कृष्ट ५ बाणिज्य बैंकमा एनआईसी एशिया, नबिल, राष्ट्रिय बाणिज्य बैंक, नेपाल इन्भेष्टमेन्ट, एनएमबि बैंक छन। 

पछिल्लो ३ महिनाको तथ्यांकलाई मात्र आधार मान्ने हो भने सबै भन्दा बढी कर्जा लगानी गर्नेमा एनआईसी एशिया रहेको छ। उसले २९ अर्ब  ८६ करोड कर्जा लगानी गरेको छ। धेरै कर्जा लगानी गर्ने उत्कृष्ट ६ बैंकमा एनआईसी सहित प्रभु, नबिल, एनएमबि, मेगा र ग्लोबल आइएमई बैंक रहेका छन्। 

पछिल्लो दुई सातामा मात्रै बाणिज बैंकहरुले ९५ अर्बले निक्षेप बढाएका छन् भने ८९ अर्बले कर्जा तथा लगानी विस्तार गर्न सफल भएका छन्। एनआईसी एशिया बैंक निक्षेप संकलन तथा कर्जा विस्तारमा आक्रामक देखिएको छ। 

कोभिड १९ का कारण कर्जाको माग घटेसँगै केहि बैंकले ब्याज खर्च घटाउन निक्षेपलाई प्रथामिकतामा राखेका छैनन् भने केहि बैंकले अवस्था सामान्य हुँदा कर्जा माग बढ्ने अपेक्षामा ब्याज खर्च बढाएर भएपनि अहिलेदेखि नै निक्षेप संकलनलाई ध्यान दिएका छन्। भविष्यमा निक्षेप तान्न बढी प्रतिस्पर्धा गर्नुपर्ने र धेरै ब्याज दिनुपर्ने भएकाले केहि बैंकले अहिलेनै बैंकिङ उद्योगमा तुलनात्मक रुपमा बढी ब्याज दिएर निक्षेप संकलन गरेका छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved