विदेशमा रहेका नेपाली तथा एनआरएनलाई लगानीको 'सुनौलो' अवसर, बर्षमा दुई पटक ब्याज प्राप्त हुने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 22, 2017 | 01:07:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपाली कामदार तथा गैर आवासीय नेपालीले लगानी गर्न पाउने गरि बचतपत्र ल्याएको छ। यस बचतपत्रमा लगानी गर्नेले बार्षिक १० प्रतिशतको दरले ब्याज पाउने राष्ट्र बैंकले जनाएको छ। 

कुल ५० करोडको बचतपत्रमा इच्छुक बिदेशिएका र एनआरएन नेपालीले न्युनतम ५ हजार रुपैयाँ र अधिकतम ५० करोडको लागि आबेदन दिन पाउनेछन। पांच हजार या त्यो भन्दा माथिको रकमको बचतपत्र किन्न चाहनेले पांच हजारले भाग जाने रकमको आबेदन दिन सक्नेछन। अर्थात आबेदन दिंदा ५, १०,१५, २० हजार वा लाख वा करोडको लागि आबेदन दिनु पर्नेछ। 

राष्ट्र बैंकका अनुसार विदेशमा रहेका नेपाली तथा एनआरएनका साथसाथै रोजगारबाट नेपाल फर्किएको ४ महिना नपुगेकाले समेत यस्तो बचतपत्रमा लगानी गर्न पाउने छन्। साथै गैरआवासीय नेपालीले भने आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्ने छन्।   

पाँच वर्षे यस्तो बचतपत्रमा रकम लगानी गर्नेले वार्षिक १० प्रतिशतले व्याज पाउने छन्। यस बचतपत्रमा लगानी गर्नेले १० प्रतिशतका दरले हुन आउने ब्याज रकम बर्षको दुई पटक अर्थात ६-६ महिनाको अन्तरमा आफ्नो खातामा वा आफुले इछ्याएको व्यक्तिको बैंक खातामा जम्मा हुनेछ। 

बचतपत्रको मंसिर १० गतेदेखि २९ गतेसम्म बिक्री खुल्ला हुनेछ। पुस ५ देखि निश्कासन हुने बचतपत्रको लगानी रकम २०६९ पुस ५ गते फिर्ता हुनेछ।नेपाल राष्ट्र बैंकको वेबसाइटबाट फारम डाउनलोड गरी लगानीकर्ताले नजिकका वाणिज्य बैंक, बजार निर्माताको इजाजत लिएका बैंक तथा वित्तीय संस्था र काठमाडौं उपत्यकाबाहिर राष्ट्र बैंकका कार्यालयमा बुझाउन सक्नेछन्। बुझाएकै कार्यालयबाट ६–६ महिनामा व्याज लिन सक्नेछन्।

यस्तो बचतपत्र किनिसकेपछि यो बचतपत्रलाई बैंकहरुमा धितो राखेर पछि ऋण चाहिएको अवस्थामा निकाल्न सकिनेछ। बचतपत्रको जोखिम अन्य प्रत्याभूतको तुलनामा जोखिम न्यून हुन्छ।

थप जानकारीका लागि यहाँ क्लिक गर्न वा ०१ ४१०१७१२ तथा ०१ ४१०१७३९ मा सम्पर्क गर्न सकिनेछ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved