जनउत्थान लघुवित्तको लालमटिया शाखाद्वारा व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 14, 2017 | 05:43:15 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुबित्तले शाखा कार्यालय लालमटियाको आयोजनामा राप्ति गाउंपालिका वडा न २ दाङमा २ दिने बाख्रा पालन तालिम सम्पन्न गरेको छ। 

लघुवित्तको लालमटिया शाखा अन्र्तगत आवद्ध बैंकिङ समुदायका जम्मा ५२ जना सदस्यहरुको प्रतिनिधित्व रहेको समुहलाई केन्द्रिय कार्यालयका अधिकृत इन्द्र बरालीको अध्यक्षतामा मङ्सिर २६ र २७ मा तालिम संचालन गरिएको छ।   

प्रशिक्षकको रुपमा तालिमलाई सहजिकरण जिल्ला पशु स्वास्थ्य प्राबिधिक हेमराज शर्माले गरेका थिए भने कार्यक्रमको संचालन शाखा प्रमुख रमेश क्षेत्रीले गरे। 

कार्यक्रममा बोल्दै केन्द्रिय कार्यालयका अधिकृत इन्द्र बरालीले उक्त कार्यक्रमको मुख्य उदेश्य लघुवित्तमा आवद्ध समुह सदस्यलाई आत्मनिर्भर बनाउनको लागि उद्ममशिलताको सृर्जना गर्ने र कम्तीमा पनि प्रत्येक घर धुरी बाट एक जनालाई लघुउद्ममीको रुपमा विकास गर्ने रहेको बताए।

तालिममा सहभागी सम्पुर्ण समुह सदस्यहरुले तालिम पश्चात ब्याबसायिक बाख्रा पालन गर्ने प्रतिबदता जाहेर गरेका छन । यस लघुवित्तले पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर र पहाडी ५ वटा जिल्ला गरी जम्मा १५ वटा जिल्लामा २५ वटा शाखा कार्यालय स्थापना गरी करिब १८,५०० जना समुह सदस्यहरुलाई वित्तिय सेवा दिदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved