बैंकहरुले राष्ट्र बैंकले दिन खोजेको रकम लिएनन, पेट दुखेको मान्छेलाई जरोको औषधी दिएको आरोप

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 20, 2018 | 04:29:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बिकास ऋणपत्र मार्फत वित्तीय बजारमा १० अर्ब पठाउन खोज्दा बैंकहरुले ४० करोड मात्रै लिएका छन। लगानीयोग्य रकम अभाव भएको भन्दै बैंकहरुले बजारबाट महँगो ब्याजदरमा पैसा उठाउन थालेपछि राष्ट्र बैंकले शुक्रबार वित्तीय बजारमा १० अर्ब पठाउन चाहेको थियो।

तर केहि दिन अघिसम्म  महँगो ब्याजदरमा बजारबाट पैसा उठाएका बैंकहरुले भने राष्ट्र बैंकले प्रवाह गर्न खोजेको रकममा भने कम आवेदन दिएका छन। १० अर्ब रुपैयाँको विकास ऋणपत्र सोझै बोलकबोलमार्फत खरिद गरी रकम प्रवाह गर्न खोजिएकोमा ३ बैंकले १ अर्बको माग गरेपनि २ बैंकले मात्र ४० करोड रुपैयाँ पाएको राष्ट्र बैंक ऋण व्यवस्थापन विभागले जनाएको छ।

वित्तीय बजारमा अघिल्लो महिना मात्रै राष्ट्र बैंकले ३५ अर्ब वित्तीय बजारमा पठाउँदा बैंकहरुले २८ अर्ब लिएका थिए। बिशेषगरी बाणिज्य बैंकहरुले लगानीयोग्य रकम अभाब भएको भन्दै बजारबाट महँगो ब्याजदरमा संस्थागत निक्षेपकर्ताबाट पैसा माग गरेकाले राष्ट्र बैंकले शुक्रबार अर्थात माघ ५ मा फेरी १० अर्ब पठाउन चाहेको थियो। 

तर यसबाट जारि समस्या समाधान नहुने भन्दै बैंकहरुले राष्ट्र बैंकले बिकास ऋणपत्र मार्फत बजारमा पठाउन चाहेको पैसामा चाँसो नदिएका हुन। राष्ट्र बैंकले बिकास ऋणपत्र मार्फत वित्तीय बजारमा पठाएको १० अर्ब रुपैयाँ बैंकहरुले लगानीगर्न नपाएपनि तरलता व्यवस्थापन गर्न र सिसिड़ी अनुपात सन्तुलन गर्नमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो।  यद्दपी बैंकहरुले भने वित्तीय बजारमा तरलताको नभई लगानीयोग्य रकमको अभाव रहेको बताउदै आएका छन्।

केही वाणिज्य बैंकहरूमा तरलता अभाव सिर्जना भएको हो तर यसैको आधारमा सम्पूर्ण बैंकिङ क्षेत्रमा नै तरलता अभाव भयो भन्न नमिल्ने डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष भरतराज ढकालले बताएका छन।

विकास बैंकमा साना निक्षेपकर्ता धेरै हुने र थोरै कर्जा प्रवाह गर्ने हुनाले वाणिज्य बैंकमा जस्तो समस्या विकास बैंक र फाइनान्स कम्पनीमा नदेखिएको मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकालको भनाई छ।

एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले राष्ट्र बैंकले रोग पहिचान गर्न नसकेको आरोप लगाएका छन। 'बैंकहरुमा देखिएको समस्या भनेको लगानी योग्य रकमको अभाब हो, राष्ट्र बैंकले विकास ऋणमार्फत बजारमा पठाएको पैसा लगानी गर्न मिल्दैन, राष्ट्र बैंकले यसरी बजारमा पठाएको पैसाले बैंकहरुको समस्या समाधान नहुने भएकाले बैंकहरुले चाँसो नदिएका हुन' उनले भने, 'राष्ट्र बैंकले जारि बजारमा पठाएको पैसा  भनेको 'पेट दुखेको मान्छेलाई जरोको औषधी' दिए जस्तै हो।' 


    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved