एनसीसी बैंकको नयाँ शाखा काठमाडौँको महाराजगन्जमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 01, 2018 | 03:30:39 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंकले काठमाडौँको महाराजगन्जमा नयाँ शाखा स्थापना गरेको छ  । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले काठमाण्डौं महानगरपालिका, वडा नं. ३, महाराजगञ्जमा आज शाखा उद्घाटन गरेका हुन्  ।

 शाखाको उद्घाटन गर्दै पौडेलले सुगम क्षेत्रमा मात्र बैंकहरु सिमित नभई नेपाल सरकार र नेपाल राष्ट्र बैंकले तोेकेका ग्रामिण क्षेत्रमा रहेका स्थानिय निकायहरुमा शाखा खोलि दु्रत सेवा उपलव्ध गराउन बढी अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए । साथै बिजुली, ईण्टरनेट आदि नपुगेका दुर दराजका ग्रामिण भेगमा स्थानीय निकायहरुसंग सहकार्य गरी सो क्षेत्रहरुमा पनि यथाशिघ्र वित्तीय पहुँच पु¥याउन निर्देशन दिए  ।  

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत  रमेश राज अर्यालले महाराजगञ्ज क्षेत्रको बचत सोही क्षेत्रमा परिचालन गरी यहाँ अवस्थित उद्योग, व्यापार र व्यवसाय प्रबद्र्धनमा बैंक सहायक हुने कुरा आश्वस्त गराउँदै बैंकले छिटैनै नेपाल राष्ट्र बैंकले तोकेका १६ वटा ग्रामीण स्थानिय निकायहरुमा शाखा विस्तार गर्न लागेको जानकारी दिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved