भारतबाट नेपालमा अब सिभिल बैंकमार्फत रकम पठाउन सकिने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 11, 2018 | 09:13:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंक लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेड बिच रकम आदानप्रदान गर्ने सम्बन्धमा दुई पक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाईनान्सिएल ईन्स्टीच्यूसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एल. श्रीरमन बिच हस्ताक्षर भएको हो । 

उक्त सम्झौता पछि मुख्यतया भारतमा कार्यरत तथा त्यहाँ बसोबास गर्दै आएका नेपालीहरु लाभान्वित हुने पनि बैंकले जनाएको छ । भारतको प्रतिष्ठित निजी क्षेत्रको अग्रणी बैंक एक्सिस बैंक लिमिटेडले भारतभर रहेका दुई हजार शाखा मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ, अब यी शाखाहरु मार्फत सिभिल बैंकका ५६ शाखाहरुमा सहजै रकम पठाउन सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved