माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 12, 2018 | 05:17:35 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंककोे प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको बुधबार बसेको ३७० औं संचालक समितिको बैंठकले शर्मालाई सिईओमा नियुक्ती गर्ने निर्णय गरेको हो । 

२१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एस.वि.आई. बैंकबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका थिए । शर्मा एन.एम.बि. बैंक र माछापुच्छ्रे बैंक हुँदैं ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत समेत भईसकेका छन् ।

माछापुच्छ्रे बैंकमा यस अघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छ ।

नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् । शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित समेत भएका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved