डलरमा ऋण ल्याउनेमा एनएमबि बैंक पहिलो, यसै साता डेढ अर्ब आईपुग्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 23, 2018 | 11:54:04 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैक नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैक बनेको छ । बैकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैकले यो स्वीकृति प्रदान गरेको हो । गत अप्रिल २०१८ मा International Finance Corporation (IFC)  का प्रतिनिधि मण्डलले एनएमबि बैकको भ्रमण गरि ऋणको कार्यान्यवन योजना तथा लगानी क्षेत्रहरुको अध्ययन गरेका थिए ।

बैंकले पहिलो चरणमा १ करोड ५० लाख अमेरिकी डलर बराबरकोको ऋण ल्याउन लागेको हो जुन डेढ अर्ब नेपाली रुपैयाँ हुन् आउंछ  । आगामी ५ देखि ७ दिमा ऋण आईसक्ने बैंकका बाह्य मामिला प्रमुख कृष्ण सुवेदीले जानकारी दिए  बैंकले उक्त ऋण कृषि, ऊर्जा, पर्यटन, भौतिक निर्माण लगायतमा लगानी गर्न पाउने छ। 

सुबेदीका अनुसार बैंकले अर्को एक संस्थाबाट १ अर्ब नेपाली रुपैयाँ बराबरको ऋण ल्याउने तयारी गरेको छ  । यो प्रस्ताव बैंकले स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाईसकेको छ । 

राष्ट्र बैंकले गत चैत २० गते प्राथमिक पुँजी (कोर क्यापिटल)को २५ प्रतिशतसम्म बिदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकको निर्णय संगै आधा दर्जन बढी बैंकले विदेशबाट ऋण ल्याउने प्रक्रिया सुरु गरेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved