एभरेष्ट बैंकको नयाँ मोडलको विवरणले लगानीकर्ता अन्यौलमा, इपिएस र लाभांश क्षमतामा गडबडी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Aug 03, 2018 | 01:00:02 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले गत आर्थिक बर्ष २ अर्ब ७० करोड खुद मुनाफा गरेको उसले जारि गरेको वित्तीय विवरणमा उल्लेख छ। अघिल्लो आर्थिक बर्ष बैकले २ अर्ब ५ करोड खुद मुनाफा गरेको थियो। 

खुद मुनाफा २ अर्ब ७८ करोड देखिए पनि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ८६ करोड १२ लाख रुपैयाँ समायोजन गर्नुपर्दा वितरणयोग्य खुद मुनाफा १ अर्ब ८४ करोड भएको बैंकको वित्तीय बिबरणमा उल्लेख छ। बैंकले जारी गरेको विवरण पत्रको ढाँचामा खुद मुनाफाबाट एनएफआरएस अनुसार समायोजन गर्नुपर्ने रकम नदेखाउदा लगानीकर्तामा उसको बितरणयोग्य मुनाफा २ अर्ब ७० करोड हो भन्ने भ्रम सिर्जना भएको छ।  

बैकको वितरणयोग्य मुनाफालाई आधार मान्दा उसले करिब २३ प्रतिशत लाभांश दिने क्षमता राख्छ। यस अवधिमा बैकको पुंजी पर्याप्तता अनुपात (क्यापिटल एडीक्वेसी रेसियो - कार) १४.९७ प्रतिशत मात्र छ। यस अवस्थामा बैंकले वितरणयोग्य मुनाफाबाट मिश्रित लाभांश दिन सक्ने देखिन्छ। 

हकप्रद र बोनस मार्फत चुक्ता पुंजी ८ अर्ब १० करोड पुर्याएको बैंकले प्रति सेयर आम्दानी ३४ रुपैयाँ ७१ पैसा देखाएको छ। तर बैंकको खुद मुनाफा २ अर्ब ७० करोडलाई आधार मान्ने हो भने इपिएस ३३ रुपैयाँ हुन आउँछ। 

यस अवधीमा बैंकले १ खर्ब १४ अर्ब निक्षेप संकलन गरि ९२ अर्ब ७७ करोड कर्जा लगानी गरेको छ भने उसको जगेडा कोष रकम ७ अर्ब ८० करोड पुगेको छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात ०.५१ प्रतिशतबाट ०.२० प्रतिशतमा झरेको छ। 

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७५.९८ प्रतिशत छ। जसले गर्दा बैंकले थप कर्जा बिस्तार गर्ने क्षमता राख्छ।  बैंकको आधार ब्याजदर ७.६८ प्रतिशत छ।     

नयाँ ढाँचामा कर्जा नोक्शानी ब्यवस्था (प्रोभिजनिङ) र अन्य ब्यवस्था कायम गरी लेखाङ्कन गरेर मात्र नाफा/ नोक्सानको गणना गर्नुपर्ने हुन्छ। यसले प्रोभिजनिङ र आम्दानीमा असर पार्ने हुँदा बैंकहरुको वित्तीय विवरण आंकलन गरे भन्दा फरक आउन सक्ने विश्लेषण गरिएको छ।     


 


       

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved