ज्योति बिकास बैंकको 'ज्योति श्रमजीबी बचत खाता' संचालनमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 18, 2018 | 11:37:16 AM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति बिकास बैंकले कर्मचारी तथा श्रमिकहरुलाई लक्षित गर्दै 'ज्योति श्रमजीबी बचत खाता' संचालनमा ल्याएको छ। बार्षिक ८ प्रतिशत ब्याजदर हुने यस बचत खातामा निशुल्क विमाको व्यवस्थाको साथै बिदेशी मुद्रा सटहीमा बिशेष छुट रहेको बैंकले जनाएको छ। 

यस खातामा Visa Debit Card, Smart Mobile Banking, ABBS, C-ASBA, Cheque Book, Internet Baking जस्ता सेवाहरु समेत निशुल्क गरेको बैंकले जनाएको छ। त्यस्तै ग्राहकलाई लकर सुविधामा र Good For Payment Cheque यच जारि गर्दा पनि बिशेष छुट दिइएको छ भने स्थायी कर्मचारीहरुका लागि Jyoti Professional Loan को पनि व्यवस्था गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए। 

बैंकले हाल ६० वटा शाखा एवं २१ वटा एटिएम मार्फत आफ्ना २ लाख बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यस अवधिमा बैंकले १९ अर्ब ५४ करोड निक्षेप संकलन गरि १० हजार भन्दा बढी ग्राहक मार्फत १६ अर्ब १० करोड कर्जा लगानी गरेको छ।   




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved