'वर्तमानको बचत र भविष्यका निम्ति लगानी जुटाउने माध्यम हो जनता अवकाश कोष'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Sep 25, 2018 | 11:11:17 PM मा प्रकाशित

laxmi  sunrise bank

लगानीको पहिलो सर्त भनेको बचत हो। बचत नगरी लगानी गर्ने पैसा जम्मा हुने त कुरै भएन। बचतका लागि अलिकति बाध्यकारी व्यवस्था हुनुपर्छ। त्यसैले बचतका लागि व्यक्ति वा संस्थाले बाध्यकारी व्यवस्था गर्छ भने राज्यले समेत नीतिगत व्यवस्था गरि बचतलाई प्रोत्साहन गर्छ। 

बिभिन्न प्रकारका लगानी मध्ये अवकाश कोषमा गरिने लगानी पनि एक प्रकारको लगानी हो। त्यसैले नागरिकको बचत गर्ने बानि बसाउने उदेश्यले नेपाल सरकारले एकातर्फ नीतिगत व्यवस्था गरेको छ भने अर्कोतर्फ बचतलाई प्रोत्साहित गर्न बिशेष सुविधाको रुपमा करमा सहुलियत दिने व्यवस्था गरेको छ। 

नेपाली नागरिकको बचत बढाउने उदेश्यले सरकारले आयकर ऐन २०५८ को अवकाश बचत सम्बन्धि बिशेष व्यवस्था गरेको छ। त्यस्तै सरकारले  श्रम ऐन २०७४ को दफा ५२ मा रोजगार दाताले प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकबाट १० प्रतिशत रकम कट्टा गरि सो रकममा शतप्रतिशत रकम थप गरि संचय कोषबापतको रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ।

साथमा सरकारले उपदान सम्बन्धि व्यवस्थालाई अनिवार्य गरेको छ। उपदान सम्बन्धी श्रम ऐन २०७४ को दफा ५३ मा रहेको व्यवस्था अनुसार रोजगारदाताले प्रत्येक श्रमिकको आधारभूत पारिश्रमिकको ८।३३ प्रतिशत बराबरको रकम काम सुरु भएको पहिलो महिनादेखि नै प्रत्येक महिना उपदान बापत जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ। 

बचत गरेको पैसा देशको विकासमा लगानी गर्नेसँगै नागरिकले काम छोड्नेबेलामा ब्याजसहित पैसा फिर्ता गर्नुनै अवकाश कोषको मुख्य उद्देश्य हो। तर आयकर ऐन २०५८ बमोजिम आन्तरिक राजश्व बिभागबाट स्वीकृत प्राप्त गरि २०६० सालमा संचालनमा आएको जनता अवकाश कोषले  (साबिकको सिद्दार्थ अवकास कोष) ब्याजसहित फिर्ता गर्ने उदेश्य भन्दा माथि रहेर अवकाश कोषको सेवा प्रदान गर्दै आएको छ। 

जनता बैंक नेपाल लिमिटेडद्वारा संचालित यस कोषले करिब ४५० भन्दा बढी संघसंस्थाहरुमा कार्यरत १२००० भन्दा बढी कर्मचारीहरुको बचत रकम व्यवस्थापन गरिरहेको छ। कोषम सुरक्षित र सुनिश्चित भविष्यको लागि नियमित बचतको माध्यम त बनेकै छ त्यसमा पनि कोषले दैनिक मौज्दातमा बार्षिक ८.५० प्रतिशत ब्याज प्रदान गरि त्रैमासिक रुपमा खातामा जम्मा गरिदिने गरेको छ। कोषमा सहभागी भई एक आर्थिक बर्ष समाप्त भए पश्चात कोषमा जम्मा रहेको ९० प्रतिशतसम्म सापटी लिन सक्नेछन। सापटी रकममा थप १.५ प्रतिशत मात्र ब्याज तिर्नुपर्नेछ। 

कोषले आफुले आर्जन गरेको मुनाफा सहभागीहरुलाई नै प्रदान गर्ने गरेको छ। कोषले हालै मात्रै कोषमा सहभागी बचतकर्ता तथा संचयकर्तालाई २०७५ असार मसान्तमा उनीहरुको कायम बचत मौज्दातको एक प्रतिशतका दरले मुनाफा वितरण गरेको छ। 

त्यस्तै कोषले सहभागीहरुलाई  सुत्केरी स्याहार खर्च बापत १०,००० ९दुई सन्तान० र काजकृया ९एकाघर र महिलाको हकमा सासु ससुरा समेत० खर्च बापत १०,००० दिने गरेको छ। 

जनता अवकास कोषको सम्पूर्ण सेवा जनता बैंकका देशभर फैलिएका १२६ शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिने हुँदा समेत सहभागीहरुलाई सहज भएको छ। त्यसमा पनि कोषले चाडैनै अनलाइन मार्फत सहभागीहरुले आफ्नो खाताको विवरण प्राप्त गर्न सक्ने व्यवस्था सुरुवात गर्दैछ।

जनता अवकाश कोषले संचालन गरेका योजनाहरु:

कर्मचारीको संचय कोष 

अवकाश कोश 

उपदान पेन्सन कोष 

संचित विदा कोष 

पब्लिक प्रोभिडेण्ड कोष 

कर्माचारी कल्याणकारी कोष  


अवकाश कोषका फाइदाहरु:

अवकाश कोषमा रकम जम्मा गर्दा रोजगारदाता र कर्मचारी दुवैलाई फाइदै फाइदा छ। 

रोजगारदाताका लागि:

संस्थामा योग्य र सक्षम व्यक्तिहरुलाई आकर्षित गर्न सहयोग पुर्याउँछ। 

रोजगारदाताले कर्मचारीको अवकाशको निमित्त व्यवस्था गर्नुपर्ने उपदान, संचित बिदा, औषधि उपचार रकम० मा आकर्षक ब्याज प्राप्त गर्छ। 

स्वीकृत प्राप्त अवकाश कोषबाट आर्जित ब्याज रकममा कर तिर्न पर्दैन।

कर्मचारीका लागि:

अवकाश पछिका लागि नियमित बचत

कर छुटको व्यवस्था 

स्वीकृत प्राप्त अवकाश कोषबाट आर्जित ब्याज रकममा कर तिर्न नपर्ने 

संचित रकमको ९० प्रतिशतसम्मको सापटी लिन सकिने


अवकाश कोषमा सहभागी हुनको लागि आवश्यक कागजातहरु:

उपदान कोष योजना, पेन्सन कोष योजना र संचित बिदा कोष योजना मा सहभागी हुन:

सम्बन्धित कार्यालयको दर्ताको प्रमाणपत्रको प्रतिलिपि,

सम्बन्धित कायालयको स्थायी लेखा नम्बर (प्यान) को प्रतिलिपि,

कोषले संचालन गरेका योजनाहरुमा रकम जम्मा गर्ने सम्बन्धी सम्बन्धित कार्यालयको संचालक समितिको निर्णयको प्रतिलिपि,

सम्वन्धित संस्थाका कर्मचारीहरुको नाममा खाता खोली सहभागी भएमा प्रत्येक कोषले तोके अनरुपको निवेदन भरी नागरीकताको प्रतिलिपि, कार्यालयको परिचयपत्र  प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो ।

कर्मचारीको संचय कोष योजना, अवकाश कोष योजना र पब्लिक प्रोभिडेण्ड फण्ड योजनामा सहभागी हुन:

कोषले तोके अनुरुपको निवेदन,

कर्मचारीको नागरिकताको प्रतिलिपि,

कार्यरत कार्यालयको परिचय पत्रको प्रतिलिपि,

हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो


अवकाश भुक्तानी

आयकर ऐन तथा आयकर नियमावली बमोजिम देहायको अवस्थामा कोषले संचालन गरेको योजनाहरु मा सहभागी संचयकर्ता, बचतकर्ता लाई रकम भुक्तानी दिइन्छ।

संचयकर्ता बचतकर्ता सेवाबाट अवकाश प्राप्त गरेमा,

संचयकर्ता बचतकर्ता को उमेर ५८ बर्ष पुगे मा, वा

संचयकर्ता बचतकर्ता को मृत्यु भएमा वा निज स्थाई रूप मा अपाङ्ग भएमा ।

(जनता अवकाश कोष संचालक तथा प्रमुख गणेश सुबेदीसंगको कुराकानीमा आधारित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved