प्राइम र ओम डेभलपमेन्ट बैंकबीचको मर्जरलाई सैद्वान्तिक सहमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 11, 2018 | 02:21:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले प्राइम कमिर्शयल बैंक र ओम डेभलपमेन्ट बैंकबिचको एक्विजिशनलाई सैदान्तिक सहमति प्रदान गरेको छ । गत भदौ ३ गते प्राइमले ओमलाई गाभ्ने गरी सम्झौता भएको थियो  । सोहि एक्विजिशनलाई राष्ट्र बैंकले कार्तिक १४ गते सैदान्तिक सहमति प्रदान गरेको हो 

राष्ट्र बैंकको सैदान्तिक सहमतिपछि अब दुवै बैंकले ३ महिना भित्र आआफ्नो साधारणसभाबाट एक्विजिसन सम्बन्धि बिशेष प्रस्ताव पारित गर्नु पर्ने छ । त्यस पश्चात दुवै बैंकले संयुक्त रुपमा राष्ट्र बैंक समक्ष अन्तिम स्वीकृतिको लागि पेश गर्नु पर्ने छ । 

 भदौ ३ मा यी दुई बैंकबीच भएको २२ बुंदे सम्झौता अनुसार एक्विजिशनपछि बन्ने संस्थाको नाम प्राइम कमिर्शयल बैंक हुनेछ । एक्विजिसनपछि बन्ने बैंकको संचालक समितिमा ओमको तर्फबाट हाल कायम रहेका कुनै पनि संचालकको प्रतिनिधित्व नरहने उल्लेख छ ।  एक्विसिजनपछि लगानीकर्तालाई बोनस शेयर र नगद लाभांश समेत वितरण गर्ने उल्लेख छ ।

यो पनि : 

यस्तो छ प्राइम र ओमबीच भएको २२ बुँदे सम्झौता, मङ्सिरमा एक्विजिसन प्रक्रिया सक्ने लक्ष्य

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved