कैलाश विकास बैंक Kailash Bikas Bank Limited को नगद लाभांश प्रस्ताव पारित भएको छ । कम्पनीको पच्चीसौं बार्षिक साधारण सभाले शेयरधनीलाई प्रस्ताव गरिएको १७ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको हो ।
गत आ.व. २०७४/७५ को नाफाबाट उक्त लाभांश प्रस्ताव गरिएको बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलको जानकारी दिए । बैंकको चुक्तापूँजी २ अर्व ५२ करोड रहेको छ । बैंकले ८० वटा शाखाबाट सेवा प्रदान गर्दै आएको छ ।