एनआईसीका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 07:32:28 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  र ब्लुक्रस हस्पिटल बीच उपचार सेवा छुट दिने समझौता भएको छ । सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुले ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटले विभिन्न सेवामा १० प्रतिशत सम्म छुट दिने उल्लेख छ । उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट बोर्र्ड सेक्रेटरी रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

शाखा सञ्जालेको हिसाबले  मुलुकको सबैभन्दा ठुलो बैंक बन्न सफल एनआईसीले मुलुकभर रहेका २८२ वटा शाखा, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर र २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सम्पुर्ण बैंकिङ सेवा प्रदान गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved