कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited का ग्राहकले यूनिभर्सल इन्स्टिच्यूट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रा।लि मा विशेष उपचार छुट पाउने भएका छन् । बैंकका प्रिपेड/डेबिट कार्डका ग्राहकहरुले यस रिसर्च प्रा।लि मा उपचार गराउँदा छुट पाउने भएका हुन् ।
सम्झौतामा बैंकको तर्फबाट भैरहवा शाखाका शाखा प्रबन्धक तुल्सी प्रसाद आचार्य र रिसर्च प्रा।लिको तर्फबाट प्रमुख प्रशासकिय अधिकृत अजय कुमार पि।एसले हस्ताक्षर गरे ।
बैंकले हाल ८४ वटा शाखा तथा ३९ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।