सनराइज बैंक Sunrise Bank Limited ले प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठलाई नियुक्त गरेको छ। बैंकको बुधबार बसेको सञ्चालक समितिले श्रेष्ठलाई चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो।
एक वर्ष अघि माछापुच्छ्रे बैंकबाट कार्यकाल नपुग्दै राजिनामा दिएका श्रेष्ठलाई संचालक समितिले सिइओको जिम्मेवारी प्रदान गरेको हो । शालिन बैंकर रत्नराज बजाचार्यले चार वर्षको कार्यकाल पुरा गरेर बाहिरिएसँग बैंकको सिइओ पद रिक्त थियो । बज्राचार्यको कार्यकाल सकिएसँगै बैंकले निमित्तको जिम्मेवारी आशा राणा अधिकारीले लिएकी थिईन् । बैंकले अधिकारीलाई नै सिइओको जिम्मेवारी दिने चर्चा पनि चलेको थियो तर अन्त्यमा उक्त जिम्मेवारी श्रेष्ठले पाएका छन् ।
तात्कालिन ग्रिनलेज हालको (स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठले १३ वर्ष त्यहाँ काम गरेसँगै तत्कालिन एस डेभलपमेन्ट बैंकमा ब्यवस्थापन प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए । एनआईसि एशिया बैंकमा पनि महाप्रबन्धक भएर काम गरेका क्षेष्ठले २०७१ सालको भदौमा एनआईसी एसिया बैंक छोडेर ग्लोबल आईएमइ गएका थिए। ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतका केही समय काम गरेका थिए ।