बिजपाटी सम्बाददाता     Jul 08, 2019 | 03:04:55 PM


tansen

विकास बैंकहरुको संस्था डेभलपर बैंकर एशोसियसनका अध्यक्ष गोविन्द ढकालले बैंकर र व्यवसायी झगडा गर्न नहुने बताएका छन। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको लागि सुझाव संकलन गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै  अध्यक्ष ढकालले यस्तो बताएका हुन । 

गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकालले व्यवसायी  र बैंकर एकै डुंगाका नाउ भएकाले ब्याजको नाममा झगडा हुँदा दुवैलाई अप्ठ्यारो पर्ने  बताए। 

बैंकमा हजारौं सेयरधनीको लगानी भएकाले उनीहरुलाइ प्रतिफल दिने जिम्मेवारी बैंकको हुने भन्दै उनले भने, 'बैंक धर्मशाला होइन, शेयरधनीको पनि लगानी हुन्छ, उनीहरुलाई पनि लगानीको प्रतिफल दिनुपर्छ।' 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका