नबिल बैंकद्वारा वागमती नदी किनारामा बृक्षारोपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2019 | 09:45:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक Nabil Bank Limited ले आफ्नो ३५ औं वार्षिक उत्सवको अवसरमा मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । 

बैंकले ३० औं  वार्षिकोत्सबको उपलक्ष्यमा २०७१ श्रावणबाट यस क्षेत्रमा बृक्षारोपण कार्यक्रमको शुरुवात गरेको थियो ।  त्यस पछी बैंकले यस क्षेत्रमा नियमितरुपमा बृक्षहरुको सुरक्षा, सरसफाइ तथा थप बृक्षरोपण कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

बैंकको बार्षिकोत्सवको अवसरमा खेलकुद लगायत बृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरि मनाएकोमा अध्यक्ष शम्भु प्रसाद पौड्यालले खुशी व्यक्त गर्दै सम्पूर्ण सहभागी बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यबाद दिएका छन् । ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved