डेपुटी गभर्नर भन्छन,'क्रस होल्डीङ नै फोर्स मर्जरको संकेत हो, १५ बैंक भए पुग्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2019 | 09:45:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंक मर्जरबाट पछि नहटेको बताएका छन। मौद्रिक नीति समिक्षा कार्यक्रममा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत बैंकहरुलाई दिएको ५ सहुलियतले मर्जरमा जाने बाटो खुला गरेको बताए। 

मिडिया इन्टरनेश्नलले काठमाण्डौमा आयोजना गरेको मौद्रिक नीति समिक्षा कार्यक्रममा बोल्दै शिवाकोटीले एक भन्दा बढी बैंक तथा वित्तीय संस्थामा निश्चित प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुने सेयरधनीहरु भएका बैंक वित्तीय संस्थालाई मर्जरमा प्राथमिकतामा राखिने राष्ट्र बैंकको नीति आफैमा फोर्स मर्जरको संकेत भएको बताए। 

'क्रस होल्डीङ भएका बैंक वित्तीय संस्था मर्जरलाई प्राथमिकतामा पर्ने नीति हुनुनै फोर्स मर्जरको संकेत हो' शिवाकोटीले भने, 'मर्जरमा जानेलाई राष्ट्र बैंकले दिएको सहुलियतले त्यसको बाटो खोलिसकेको छ।'

शिवाकोटीले नेपालमा १५ वटा बैंक, १५ वटा बिकास बैंक र १५ वटा बित्त कम्पनी भए वित्तीय स्थायित्व र वित्तीय पहुँचलाई पर्याप्त हुने बताएका छन। यद्दपी अहिले लघुवित्तहरु लाइसेन्सको क्रममा भएको र केहि भर्खर जन्म लिएकाले उनीहरुलाई पुंजीवृद्धिको व्यवस्था लाद्न नहुने भएकाले लघुवित्तलाई एक बर्षपछि मात्रै मर्जरमा लैजानलाई राष्ट्र बैंकले नीति लिने शिवाकोटीले बताए। 

मौद्रिक नीति समयको निरन्तरता मात्रै भएको भन्ने कुरालाई अस्विकार गर्दै शिवाकोटीले राष्ट्र बैंकले सरकारले लिएको नीतिलाई सहयोग गर्ने गरि मौद्रिक नीति ल्याएकाले यसलाई अन्यथा मान्न नहुने बताएका छन।    

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved