सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आर्थिक बर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले ३५ करोड २६ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष ०७४÷७५ को सोही अवधिमा बैंकले ३० करोड ८६ लाख ९७ हजार खुद मुनाफा कमाएको थियो ।
समिक्षा अवधिमा २२ अर्ब ४७ करोड ५ लाख निक्षेप संकलन गरेको बैंकले १९ अर्ब ४६ करोड ९८ लाख कर्जा लगानी गरेको छ । उक्त अवधिमा बैंकले १ अर्ब ९ करोड ३८ लाख खुद व्याज आम्दानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ६८ करोड २० लाख रुपैयाँ रहेको छ ।
खराब कर्जा ०.८० प्रतिशत रहेको बैंककोे मूल्य आम्दानी अनुपात १२.४९ गुणा, प्रतिशेयर नेटवर्थ एक सय २६ रुपैयाँ २१ पैसा, प्रति शेयर आम्दानी १२ रुपैयाँ ७३ पैसा, आधार ब्याजदर ११.६६ प्रतिशत, कोषको लागत ८.४८ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १६.८४ प्रतिशत र सीसीडि ७५.७६ प्रतिशत रहेको छ ।