माछापुच्छ्रे बैंकको कार्ड प्रयोग गर्दा ५ सय क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 02:56:34 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक Machhapuchchhre Bank Limited  ले डेबिट तथा क्रेडिट कार्डमा क्यास ब्याक अफर ल्याएको छ । बैंकले अंग्रेजी नयाँ बर्ष २०२० को उपलक्ष्यमा  डेबिट तथा क्रेडिट कार्डमा ५०० सम्मको क्यासव्याक अफर ल्याएको हो  ।

बैंकले नेपाल भित्र बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि विभिन्न बस्तु तथा सेवा खरिद गर्दा. ५०० क्यास व्याक दिने योजना सार्वजनिक गरेको हो । उक्त योेजना अनुसार बैंकको कार्ड प्रयोग गरि पिओएस मेसिनमा कम्तीमा ५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार गरेपछि ५०० फिर्ता पाउने बैंकले जनाएको छ । त्यस्तै गरी विभिन्न इकमर्स साईटहरु जस्तै दराज, सस्तो डिल, रिचार्जर, ईसेवा पसल  लगायतका अनलाईन सपिङ्ग साईटहरुबाट सामान खरिद गर्दा कम्तीमा ५०० बराबरको ३ वटा छुट्टाछुट्टै कारोबार कार्डबाट भुक्तानी गरि, प्रत्येक महिना ५०० क्यास व्याक सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यो अफर जनवरी र फेब्रवरी महिनाको लागि ल्याईएको बैंकले प्रष्ट पारेको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved